२५ असार २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री

२० असार २०८२, शुक्रबार १४:३०
 काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै रु चार लाख ५० हजारको सिप्लिकानका बिरुवा बेच्नुुभएको छ ।
विशेषगरी पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ, तर खनालले भने विगत पाँच वर्षयता यसको व्यावसायिक खेती गरी आम्दानी गरिरहनुभएको छ ।
परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको यस वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ व्यावसायिक खेती गर्न थालेको खनालले बताउनुभयो ।
कास्कीको रुपा, मादी, माछापुच्छ«े, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी,  भिमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै उहाँले सङ्कटापन्न यस प्रजातिको वनस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्य राखेकोे सुनाउनुभयो ।
कोभिड–१९ महामारीपछि विगत पाँचदेखि आफू यस खेतीतर्फ लागेको खनालको भनाइ छ । “यसको व्यावसायिक खेती सुरु गरेको पाँच वर्षभन्दा बढी भयो । राम्रै उत्पादन भयरहेको छ । यस वर्ष मात्रै रु चार लाख ५० हजारको बिरुवा बिक्री भएको छ”, उहाँले भन्नुभयो, “कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा यहाँको बिरुवा पुग्ने गरेको छ । माग धान्नै सकेको छैन ।”
खनालले यस वर्ष मात्र नर्सरीमा १० हजार बिरुवा उत्पादन गरे पनि मागअनुसार अझै बिरुवा उत्पादन गर्न नसकिएको जानकारी दिनुभयो । छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । सिप्लिकानको प्रतिबिरुवा रु एक सयदेखि १५० सम्म बिक्री भइरहेको छ । पछिल्ला वर्षमा यसको माग अत्यधिक बढ्दो क्रममा छ । “पर्यावरणीय सन्तुलनसँगै यो वनस्पति स्वास्थ्यप्रद पनि छ । यसको महत्त्व प्रचारका साथै संरक्षण र बिस्तार आवश्यक छ । यसका लागि राज्यले पनि साथ र सहयोग गर्नुपर्छ”, खानालले भन्नुभयो ।
उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ ।
खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आउनुभएको छ । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ । आफ्नो फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्री भइरहेका उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि  उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिक तत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने खनालको भनाइ छ ।
खनालले पछिल्लो समय फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आउनुभएको छ । उहाँको फार्म एउटा जीवन्त पाठशाला जस्तै बन्दै गएको छ ।
व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाउनुभएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रुपमा समेत कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह