भदौ १, सुरुङ्गा (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, सुरुङ्गा (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहर"/>

2026-07-04 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

भदौ १, सुरुङ्गा (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प २२९० नंको मोटरसाइकललाई ना ६ ख २२९९ नंको बसले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ । उनी सोही मोटरसाइकलको पछाडि सवार रहेको बताइएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मधुमल्ला–७ का ४५ वर्षीय पदमबहादुर गहतराज घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा संलग्न सवारी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताइएको छ । 

यसैगरी, सुनसरीको भोक्राहामा भएको सवारी दुर्घटनामा परी झापा चारपानेका ३२ वर्षीय अच्युत ढुङ्गानाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–९ स्थित सडकखण्डको कलभर्टमा बा ७ च १५२७ नंको कार ठोक्किदा उनको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी सहारा नेपाल, इनरुवा शाखामा कार्यालय प्रमुखका रुपमा कार्यरत रहेको बताइएको छ । 

दुर्घटनामा परी कारका चालक सुनसरी इनरुवा–६ निवासी ३० वर्षीय महेश गुरागाईं र कारमा सवार झापा चारपाने–२ का २९ वर्षीय नारायण पोखरेल घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो