2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

मुआब्जा नदिएको भन्दै सप्तकोसी ब्यारेजमा धर्ना

असार २१, सप्तरी / नेपाल र भारत सरकारबीच २०११ सालमा भएको कोसी सम्झौताअनुसार कोसी नदीबाट भएको क्षतिको मुआब्जा नदिएको भन्दै कोसी नदी डुबान सङ्घर्ष समितिले
आइतबार सप्तकोसी ब्यारेजमा एक घन्टा धर्ना र चक्काजाम गरेका छन् ।

पूर्वगृहराज्यमन्त्री तथा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरीको नेतृत्वमा सप्तरी क्षेत्र नं १ का सभासद् मानपुर
चौधरी, क्षेत्र नं २ का सभासद् अशोककुमार मण्डल सङ्घर्ष समितिका संयोजक महिदेव चौधरी कासिम अन्सारी
सहितका हजारौँको सङ्ख्यामा रहेको स्थानीय बासिन्दाले मुआब्जा माग्दै पूर्व–पश्चिम राजमार्गको कोसी
ब्यारेजमा एक घन्टा राजर्मागमा चक्काजाम गरी धर्नामा बसेको सङ्घर्ष समितिले जानकारी दिएको छ

कोसी नदीबाट भएको क्षतिको भारत सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा नपाएको, मुआब्जा दिनमा
पनि ढिलाइ भइरहेको भन्दै सरकारले समेत पीडित जनताका लागि क्षतिपूर्ति दिलाउन कुनै पहल नगरेकाले सप्तरी,
सुनसरी र उदायपुरका कोसीपीडितले सङ्घर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन कार्यक्रमअन्तर्गत धर्ना दिएका
हुन् ।

कोसी सम्झौताअनुसार कोसी क्षेत्रका बासिन्दाको जग्गा र अन्नबालीमा पुग्ने क्षतिको
सम्पूर्ण मुआब्जा भारत सरकारले दिने उल्लेख भए पनि वर्षौं बित्न लाग्दा पनि कोसी कटान पीडितले अहिलेसम्म
कुनै किसिमको मुआब्जा नपाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

तीन वर्षअघि भारतको नयाँ दिल्लीमा
यस विषयलाई लिएर बसेको दुई देशका मन्त्रिस्तरीय बैठकले समेत कोसी नदीबाट भएको कटान र अन्नबाली क्षतिका
बारेमा दुवै देशका प्राविधिकबाट निरीक्षण र मूल्याङ्कन गरी अविलम्ब मुआब्जा दिने सहमति भएको थियो

सप्तरी, सुनसरी र उदायपुरका कोसीपीडित सङ्घर्ष समिति संयोजक महिदेव चौधरीले यसअघि सङ्घर्ष
समितिले सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई
ज्ञापनपत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ