२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान् विदेशमा, झुटो आरोपमा श्रीमती घरबाट निकालिइन्

२०७४, १७ श्रावण मंगलवार ०९:३१

साउन १७, काठमाडौं ।  श्रीमान विदेश भएका बेला परिवारका मानिसले झुटो आरोप लगाई लछारपछार गरी घरबाट निकालिदिएको एक महिलाले बताएकी छिन् । 

काठमाडौं स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि विदेशमा रहेका बेला उनीमाथि झुटा आरोप लगाई लछारपछार गरी सात जनाको समूहले आठवर्षीय छोरा दिवेशसहित घर निकाला गरिदिएको उनका आफन्तले बताएका छन् । 

पीडितकी माइजू सुशीला थापाले मंगलबार पत्रकार सम्मेलन गरी निर्दोष महिलालाई विनाप्रमाण घरबाट निकालिएको भन्दै दोषीलाई तत्काल कारबाही गरी पीडितलाई बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विनाप्रमाण निर्दोष महिलालाई साँझमा घरबाट निकाल्नु कत्तिको न्यायोचित हो ?’ 

सुशीलाले तीन हप्तादेखि बच्चा विद्यालय जान नपाएको भन्दै तत्काल उसलाई पढ्न पाउने अधिकार मिलाउन समेत आग्रह गर्नुभयो । पीडितले आफूलाई सहज रुपमा बस्ने वातावरण मिलाउन माग गर्दै प्रहरीसमक्ष उजुरीसमेत दिएकी छन् । 

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले घरमा बस्ने वातावरण मिलाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा बस्ने वातावरण नमिलाइए मुद्दा अदालत पठाउँछौँ ।’ रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ