साउन १७, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मध"/>
2026-07-24 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्नुस: प्रचण्ड

साउन १७, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्नेमा जोड दिनुभयो । मधेसको मागलाई सम्बोधनका गर्न अघि सारिएको संविधान संशोधन विधेयकलाई पारित गराउन प्रयास जारी रहेको पनि पूर्वप्रधानमन्त्री दाहालले बताउनुभयो । 

एक प्रश्नका जवाफमा उहाँले ‘ एक मधेस, एक प्रदेश’को माग आफ्नो दलको लाइन नभएको स्पष्ट गर्नुभयो । दुई नं प्रदेशको मुख्य केन्द्र जनकपुरधामलाई महानगरपालिका घोषणा गरी विकासका योजना कार्यान्वयनका लागि आफ्नो दलले पहल गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक