2026-07-25 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेवानिले भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने तयारी

चैत ७, रुपन्देही | नेपाल वायुसेवा निगमले पटक–पटक उडानको मिति घोषणा गरेर पनि स्थगित हुँदै आएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब मलेसिया र नयाँदिल्लीमा उडान गर्ने भएको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको दुई उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् । निगमले बैशाख तेस्रो साताभित्र उडान सुरु गर्ने योजना उसले यहि हप्ता उडान तालिका सार्बजनिक गर्ने बताइएको छ ।

यसअघि पनि निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको भएपनि अहिलेसम्म उडान भने गर्न नसकेकाले निजी क्षेत्र अझै विश्वस्त हुनसकेका छैनन् । निगमले काठमाडौंबाट मलेसियाको क्वालाम्पुर, क्वालाम्पुरबाट गौतमबुद्ध र त्यहाँबाट नयाँ दिल्ली उडान गर्ने तयारी छ । भैरहवाबाट मलेसियाका लागि सिधा उडान हुँदा यात्रुहरुको कमि देखिएकाले अहिलेलाइ काठमाडौंबाट उडान गर्ने र मलेसियाबाट भैरहवा एकतर्फी उडान गर्ने तयारी निगमको छ ।

मलेसियाबाट भैरहवा आउने निगमको जहाज भैरहवाबाटै दिल्ली र दिल्लीबाट काठमाडौ उडान भर्ने तयारी निगमको छ । हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज रहेको छ । हाल गौतमबुद्धबाट जजिरा एयरलाइन्सले मात्र कुबेतमा उडान गर्दै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सन्चालन भएको केही समयपछि हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियामा चार्टर्ड उडान गरे पनि प्राबिधिक कारणले भन्दै उडान स्थगित गरेको करिब ३ महिना भएको छ । जजिराले पनि मौसम खराबी भन्दै पुस पहिलो सातादेखि रोकेको उडान फागुन अन्तिमबाट पुन सुरु गरेको छ । जेठ २ गतेबाट औपचारिक उडान सुरु गरेको जजिराले अहिले साताको ३ उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक