कमल रावल | साउन १७, अछाम | जिल्ला समन्वय समिति (जिसस) अछाममा नेपाली कांग्रेस र नेकपा माओवादिका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । 

मुख्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १७, अछाम | जिल्ला समन्वय समिति (जिसस) अछाममा नेपाली कांग्रेस र नेकपा माओवादिका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । 

मुख्य "/>

2026-10-14 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला समन्वय समिती अछामको संयोजकमा कांग्रेस र माओवादी निर्वाचित

कमल रावल | साउन १७, अछाम | जिल्ला समन्वय समिति (जिसस) अछाममा नेपाली कांग्रेस र नेकपा माओवादिका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार १२ बजे सम्मका लागि तोकेको मनोनयन दर्ताको समयमा कांग्रेस र नेकपा माओवादिले गठनबन्धन गरि आफनो मात्र मनोनयन दर्ता भएपछि ९ सदस्यीय समिति निर्बिरोध चयन भएको हो । समन्वय समितिको संयोजकमा नेपाली काग्रेसका नरबहादुर कुँवरको मात्र उम्मेदवारी परेको छ भने उपसंयोजकमा कांग्रेसकै टोपबहादुर रावलको एक्लो उम्मेदवारी परेको छ । 

यस्तै सदस्यहरुमा शिव तिरुवा, तुलाराम साउद, सुरत बुढ्थापा, लक्ष्मी शाह र तुल्छि चलाउनेको उम्मेदवारी परेको छ । दुई सदस्य भने कांग्रेसले माओवादी केन्द्रलाई दिएको छ । माओबादी केन्द्रका तर्फबाट खकेन्द्र साउद र लक्ष्मी कुमारी सुनारको उम्मेदवारी परेको छ । कुल २० मध्ये ११ मत रहेको कांग्रेसले समन्वय समिति एकल रुपमा चयन गर्न सक्ने भए पनि केही स्थानीय तहको निर्वाचनमा दुई दल बीच तालमेल भएकाले समन्वय समितिमा पनि दुई सदस्य माओवादीलाई दिएको कांग्रेस जिल्ला सभापति भरतकुमार स्वाँरले जानकारी दिनु भयो । अछामका १० तह मध्ये ५ वटा संख्यामा जितेको एमालेले भने मनोनयन नै दर्ता गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ