२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत २९ देखि प्राधिकरण मातहतमा आयोजना कार्यान्वयन एकाइ

२३ चैत्र २०७४, शुक्रबार ०८:३०

चैत २३ काठमाडौँ | भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने भएका छन् । 

मुलुक संघीय संरचनामा गएपछि सरकारका विभिन्न तहको संगठनहरुबीच समायोजन गरिँदै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैत २८ गतेदेखि अधिकांश जिल्लास्तरीय कार्यालय नरहने भएकाले केन्द्रीय तथा जिल्लास्तरीय एकाइलाई प्राधिकरण मातहत राख्न लागिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चैत २० गते बसेको निर्देशक समितिको १२ औँ बैठकले प्राधिकरणको संगठन संरचनाको प्रस्तावलाई स्वीकृत गरेको थियो । निर्णयलाई चैत २९ गतेदेखि कार्यान्वयनमा लैजाने तयारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिनुभयो । 

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा सम्बन्धित सेवा सञ्चालन गर्ने मन्त्रालयलाई नयाँ संगठन संरचना बमोजिम आवश्यक पर्ने कर्मचारी तुरुन्त खटाइदिन समेत निर्देशन दिएको छ । 

नयाँ संगठनात्मक संरचनाअनुसार अब पुनःनिर्माणका लागि तीन वटा छुट्टाछुट्टै जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालय रहने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले भूकम्पपीडितलाई अनुदान वितरण र स्थानीय पूर्वाधार निर्माणको कार्य गर्नेछ भने शिक्षाले शैक्षिक संस्था र भवनले निजी आवास तथा सरकारी भवनको पुनःनिर्माणको काम गर्नेछन् । 

संगठनात्मक पुनःसंरचनापछि कर्मचारीको संख्या घट्नेछ । पुनःसंरचनापछि प्राधिकरण र अन्तर्गतका केन्द्रीय एवं जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइमा चार हजार ६५५ कर्मचारी मात्र कार्यरत रहनेछन् । हाल चार हजार ८७० कर्मचारी कार्यरत छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ