२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

महिनावारी हुँदा विद्यालय जाँदैनन् बाजुराका छात्राहरु

२०७४, २३ चैत्र शुक्रबार ०८:२६

प्रेम रौले/चैत २३, बाजुरा | बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा रहेको कीर्तिचौर माविमा हाल २५० छात्रा अध्ययन गर्दै आइरहेकी छन् । तर पनि उनीहरुले नियमित रुपमा पठनपाठन गर्न पाउँदैनन् । नियमित पठनपाठन गर्नका लागि उनीहरु वञ्चित हुने गरेको पाइएको छ । 

महिनावारी हुँदा उक्त विद्यालयका कम्तीमा २० जनाभन्दा बढी छात्रा पाँच दिनसम्म विद्यालय आउँदैनन् । महिनावारी भएको बेलामा विद्यालय जानु हुँदैन भन्ने मानसिकता अझै गाउँमा रहेको पाइन्छ । 

छाउ भएपछि हिँड्ने बाटो र विद्यालयमा देवता भएका कारण विद्यालयको पढ्न अभिभावकले रोक लगाउने गरेको कीर्तिचौर माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा नन्दाकुमारी जोशीले बताउनुभएको छ । 

उहाँले छाउ भएको बेलामा विद्यालय आउने बाटाभरि देवताका मन्दिर भएका कारण र विद्यालयमा समेत देवता भएको हुँदा विद्यालयमा नआउने गरेको बताउनुभयो । छाउ भएको बेलामा देवीदेवता भएको बाटो हिँड्दा देवता रिसाउने भएको भन्दै आमाबुबाले समेत स्कूल जान दिँदैनन् जोशीले भन्नुभयो । छाउ भएको बेला विद्यालय नजाँदा पढाइमा समेत बाधा भएको बताउनुभयो । 

उनीमात्र होइनन् उनीसँगै आठ कक्षामा पढ्ने अर्की छात्रा मन्देवी जोशी भन्छिन्, विद्यालयमा देवताको मन्दिर बनाएर राखिएको छ । विद्यालय आउने बाटोभरि देवताका मन्दिर बनाएका छन् । छाउ भएको समयमा हिँड्ने बाटोसमेत छैन, भन्दै घरका अभिभावकले छाउ भएको पाँच दिनसम्म रोक लगाउने गरेका छन् । 

विद्यालयमा छाउ भएको बेला जानलाई छात्रामैत्री शौचालय नहुँदा थप समस्या भएको जोशीको भनाइ रहेको छ । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा दिसापिसाब गर्नसमेत समस्या हुने गरेको जोशीको भनाइ रहेको छ । छात्रामैत्री शौचालय बनाउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेको जोशीले गुनासो गर्नुभएको छ । 

जोशीद्वय जस्तै विद्यालयमा अध्ययन गर्ने २५० जना छात्राको समस्यामा विद्यालयको ध्यान जान सकेको छैन भन्छन् कक्षा ९मा अध्ययनरत छात्रा विद्यार्थी सुनिताकुमारी रोकाया । 

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, छाउ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था, विद्यालय परिसरभित्र देवीदेवताका मन्दिर बनाएर राख्नुजस्ता समस्याले गर्दा पाँच दिनसम्मको पढाइलाई बाधा गर्दै घरमा बस्ने गरेको छात्रा रोकायाले बताउनुभयो । 

उहाँले विद्यालयमा पढ्न आएको बेलामा छाउ भएपछि पढाइ छोडेर विद्यालय नजिकै रहेको खोलैखोलाको बाटो भएर आधा घण्टाभन्दा बढी हिँडेर घर जानुपर्ने बाध्यता रहेको रोकायाले बताउनुभएको छ । 

कीर्तिचौर माविका प्रधानाध्यापक डबलबहादुर बोगटीले भने २५० छात्रा अध्ययन गर्दै आएको बताउनुभएको छ । महिनावारी भएको बेला छात्रा विद्यार्थी पढ्न नआउने गरेको बताउनुभयो । 

विद्यालयमा छात्रामैत्री शौचालय बनाउँदा केही कमीकमजोरीका कारण छात्रा विद्यार्थीलाई समस्या हुने गरेका कारण छात्रा विद्यालयमा कम आउने गरेको प्रधानाध्यापक बोगटीले स्वीकार गर्नुभएको छ । उहाँले शौचालय बनाउँदा नै ध्यान नदिएका कारण छात्राले समस्या भोग्नु परेको प्रअ बोगटीको भनाइ छ । 

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर रोकायाले छात्रामैत्री शौचालय नहुँदा केही छात्रा आउने र केही छात्रा नआउने गरेको बताउनुभएको छ । उहाँले छात्रामैत्री शौचालय नहुँदा र शौचालय बनाउने जग्गाको अभावका कारण विद्यार्थीको पढाइमा बाधा हुने गरेको बताउनुभयो ।

छात्रामैत्री शौचालय निर्माण गर्दा पनि केही कमजोरी भएका कारण छात्रा विद्यार्थीले हैरानी खेप्नु परेको रोकायाले स्वीकार गर्नुभयो । उहाँले विद्यालयभित्र रहेका दुई वटा चर्पी भनेजस्तो नभएका बताउनुभएको छ । विद्यालयमा आएको चर्पी निर्माणको योजनाले चर्पी निर्माण गरे पनि झारो टारेजस्तै भएको उहाँले खुलासा गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह