२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनिक तथा अल्पसंख्यकको अधिकार सुनिश्चित गरिने

२०७५, २३ जेष्ठ बुधबार ०७:३८

जेठ २३, काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताउनुभएको छ । 

यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न र छलफल गरेर कानूनी अप्ठ्यारहरु फुकाउन सरकार गम्भीर हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले संविधानले कानूनबाट कसैलाई वञ्चित नगर्ने भएकाले त्यसलाई कार्यान्वयन गर्न सरकार तत्पर रहेको बताउनुभयो । 

वरिष्ठ पत्रकार बबिता बस्नेतले संविधानका व्यवस्था र सरकारका प्रतिबद्धता पूरा गर्न काम गरेर देखाउने समय आएको बताउनुभयो । 

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले यौनिक तथा अल्पसंख्यकका सम्बन्धमा घर र समाजदेखि नै खुलेर समस्या उजगार गर्ने र समाधानमा लाग्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो दिनुभयो । 

कार्यक्रममा यौनिक तथा अल्पसंख्यकहरूले आफूहरुलाई नागरिकता, वैवाहिक मान्यता र राज्यको सुविधाका क्षेत्रमा विभेद् गर्न नहुनेमा जोड दिएका थिए ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही