2026-09-01 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले छिट्टै आउने देखाए आश, आखिर आयो बाकसमा लास…

प्रेम सुनार/जेठ–२३, गुल्मी ।  हिजो मंगलवार हाडहाडे वर्दावासका एक जिसी परिवारको घर वरी परीका रुखहरुमा काग लगायतका चरा चुरुङ्गीहरु.उराठीलो स्वरमा कराउँदै थिए । चराचुरुङ्गीहरुसंगै मानिसहहरुमा रुवावासी चलिरहेको थियो ।

आज भन्दा करिव डेढ महिना अघि साउदी अरवबाट फोनमा अलिकती विरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु छिट्टै घर आउँछु भनेर श्रीमतिलाई मिठो आश देखिएका ३० वर्षिय अमर जिसीको हिजो घरमा वाकसमा शव आउँदा उनका परिवार मात्र होईन सिंगो हाडहाडेवासीको रुवावासी थियो  थियो ।

धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसी साउदी अरव पुगेको एक वर्ष नपुग्दै पुष्टी हुन नसकेको विमारले आज भन्दा ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो ।

हिजो देखिको रुवावासी त छँदै थियो तर आज  उनको अन्त्यष्टिका लागि तल नदी घाटमा ल्याई पुराउँदा उनकी जुम्ल्या वहिनी अमृता उदासलाई बचाउन मलामीहरुलाई निकै गाह्रो भयो । पटक पटक दाजुको चितामा हाम्फाल्ने उनलाई त्यहाँबाट हटाउन बढो मुस्कील पर्यो ।

स्थानिय समाज सेवी पदम विष्टले भने–‘ गत डेड महिनादेखि खान नखाई रातै दिनको रुवावासीले कम्जोर भएर हिड्न नसकी शाहघाट आउन सकिनन उनलाई महिलाहरुले घेरेर राख्नु भयो , मैले वहिनीलाई गाडीबाट पटक पटक हाम्फाल्न खोजेपछि कुनै अप्रिय घटना हुने डरले उनलाई गाडीमा घरतिर नलगी तम्घास आउँदै छु । ’

अमर जिसी नेपाली लोकगायन र मोडलिङ्ग क्षेत्रमा जिसी अमरका नामले चर्चित कलाकार थिए ।   उनले अन्तिम एलवमको नाम नै –‘ अन्तिम सम्झना’ राखेका थिए । उनको वास्तविक जिवनमा नै त्यस्तै भयो ।

सय भन्दा बढि गीतहरुको शव्द सिर्जना, स्वर दिएका र मोडलिङ्ग गरेका जिसीले मृत्युको अघिल्लो दिन श्रीमति भ्वाईस म्यासेज मार्फत मलाई ठिक भई सक्यो, भोली आँखाको अप्रेशन गर्न डाक्टरले बोलाएका छन् , केहि पिर नगुर्न भन्दै सन्तवाना दिएका थिए ।  छोरा छोरीलाई कुनै कुरामा दुख नदिनु , तिमीले पनि धेरै दुख नकाट्नु, पैसा पठाई हाल्छु र धेरै बस्दीन अव छिट्टै आउँछु भन्दै श्रीमतिलाई मिठा सपना देखाउँदै आएका जिसीको ४३ दिन अघिको पछिल्लो १२ घण्टा पछि सधैका लागि फोन स्वीचअफ भयो ।

उनले मृत्युको अघिल्लो दिन साँझ सम्म फेशवुक लाईभमा अन्तिम गीत समेत आफ्ना दर्शक श्रोतालाई छाडेर गएका छन् ।आकर्षक जिउडालका जिसी अमर कसैको आँखामा नबिझाउने मिलनसार र अंशमुख पात्र थिए ।

सानै देखि गाउँमा गीत गाउँदै आएका जिसी सांङ्गेतिक क्षेत्रमा स्थापित हुन कै लागि वैदेशिक रोजगारको कमाई  प्रायः पुरै खर्चेका थिए । उनकी श्रीमति सरस्वता घर्तिले भक्कानिदै भनिन अव मैले यी छोरा छोरीहरु कसरी पालुँ, हुर्काउँ ?  उल्टै पाँच लाख ऋणको भरी छ । ’ उनका ४ वर्षिया छोरी र २ वर्षिय छोरा छन् ।

यता गुल्मी कै दर्लिङ्गमा पनि कर्णबहादुर बिश्वकर्माको  केहि दिन अघि विदेशमा मृत्यु भएको छ । उनको भने शव आई पुगेको छैन । यस सम्वन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको ध्यानकृष्ट गराउने क्रममा उनका स्वकिय सचिव गणेश श्रीपालीले गुल्मीका ति दुवै युवाहरुको दुखत मृत्युका सम्वन्धमा मन्त्री ज्युको गम्भीर ध्यानकृष्ट भएको बताए ।

उनले भने–‘ जिसी अमरको शव छिटो  पठाउने विषयमा हामीले पटक पटक ताकेता गर्यो, जिसी अमर मन्त्री ज्युका सचिवाल सदस्य रमेश श्रीसका सहपाठी समेत रहेछन् । हामी सवै स्तव्ध भयौं , उनको र दर्लिङ्गका कर्णबहादुर बिश्वकर्माको कम्पनीबाट क्षतिपुर्ति र विमा रकम दिलाउनका लागि  पनि मन्त्रालय लागी परेको छ । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली