उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

अच्युत रेग्मी/असार २०, काठमाडौँ  | ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो ।

महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौँ, भक्तपुर र ललितपुरमा अस्थायीरुपमा सवारी पार्किङको व्यवस्था मिलाइएको बताउनुभयो । “बस स्टपमा बोर्ड राख्ने, फराकिलो बाटोमा पार्किङ गर्ने, साँघुरो बाटोका सवारी हटाउनेलगायतका कामलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले भोटाहिटी, जमल, पुरानो बसपार्क, सुन्धारा गोश्वारा हुलाक गेट, खिचापोखरी, धर्मपथ, शंकरदेव गेट, ठमेल सञ्चयकोष गेट, दरबारमार्ग पाठशाला, कृष्णपाउरोटी पश्चिम, एयरपोर्ट अगाडि, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित पानी ट्याङ्की अगाडि, कोटेश्वर ट्राफिक अगाडि, विभिन्न अस्पताल अगाडि, लोकन्थली, कौशलटार, सातदोबाटो, एकान्तकुनालगायतका ६० स्थानमा ३९७ ट्याक्सी पार्किङ गर्न मिल्नेगरी स्थान छुट्याएको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम उपत्यकामा ट्याक्सी पार्किङका लागि विसं २०६९ मा नै अध्ययन गरिसकिएको र सोहीअनुसार अहिले महाशाखा र महानगरपालिकाको सक्रियतामा स्थान छुट्याएर राम्रो कामको थालनी भएको बताउनुहुन्छ ।

“शुरुमा ट्याक्सी पार्किङका लागि स्थान छुट्याए पनि बाटो विस्तारका कारण हटेको थियो अहिले पुनः स्थान छुट्याएर राम्रो काम भएको छ”, उहाँ भन्नुहुन्छ ।

यातायात व्यवस्था विभागले दिएको तथ्यांकअनुसार हाल काठमाडौँ उपत्यकामा झण्डै ११ हजार ट्याक्सी रहेका छन् । यस्तै महाशाखा र महानगरपालिकाले मोटरसाइकल तथा कार पार्किङका लागि पनि अल्पकालीन स्थान छुट्याएको छ ।

दरबारमार्ग, रानीपोखरी आयुक्त कार्यालय अगाडि, प्रज्ञाभवन पश्चिमपट्टी, चारखाल परिसर पश्चिम, शंकरदेव क्याम्पस अगाडि, बागबजार पद्ममकन्या क्याम्पस छेउ, २९ वडा कार्यालय अगाडि, खिचापोखरी, धर्मपथ, प्युखा चोक, धरहरा बाटो दक्षिण, कलंकी मालपोत अगाडि, किटा मन्दिर परिसरलगायत ८३ स्थानमा मोटरसाइकल तथा कार पार्किङको अल्पकालीन व्यवस्था गरेको छ ।

काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, सडक र यातायातका प्रतिनिधि बसेर तत्कालका लागि अल्पकालीनरुपमा पार्किङ व्यवस्थापन गरिएको बताउनुहुन्छ ।

“तत्कालका लागि तोकिएको स्थानमा पार्किङको व्यवस्था मिलाए पनि दीर्घकालीन रुपका लागि नगरसभामार्फत बनेका कानूनको आधारमा अगाडि बढ्छौँ”, उहाँ भन्नुहुन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारी साधन पार्किङका लागि राज्यले छुट्टै क्षेत्र बनाउनुपर्ने बताउनुहुन्छ । पूर्वाधारको विकास भए मात्र सवारी साधन आवतजावतमा सहजता हुने उहाँको भनाइ छ ।

हाल उपत्यकामा मात्र २९८ स्थानमा बसभित्र यात्रु चढाउन तथा ओराल्न मिल्ने व्यवस्था गरिएको छ । तोकिएको स्थानभन्दा अन्य स्थानमा यात्रु चढाउने तथा ओराल्ने गरेमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।

यस्तै गरी महाशाखाले महानगरपालिकासँग मिलेर उपत्यकामा भएका यात्रु प्रतिक्षालयको समेत अध्ययन गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकाका ३६ स्थानमा प्रतिक्षालय रहेका छन् । महाशाखाले गरेको अध्ययनअनुसार उपत्यकामा १०३ स्थानमा यात्रु प्रतिक्षालय आवश्यक रहेको छ ।

महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकाको ट्राफिक व्यवस्थापन राम्रो बनाउनका लागि महाशाखाले पार्किङ स्थल, प्रतिक्षालय, वैकल्पिक बाटोलगायतको अध्ययन गरिरहेको बताउनुहुन्छ । केही दिन अगाडिमात्र महाशाखाले पर्यटकीय बस पार्किङ क्षेत्रलाई कान्तिपथलाई सोह्रखुट्टे सारेको थियो ।

हाल नेपालभर २७ लाखभन्दा बढी ठूला तथा साना सवारी साधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन आवतजावत गर्छन् । ठूला सवारी साधनलाई भने तोकिएको स्थानमा मात्र बस पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply