मङ्सिर १३, काठमाडौं | चैत १० गतेदेखि हुने २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाको कार्यतालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिए। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ।

चैत १० गते आइतबारबाट सुरु भएको परीक्षा २१ गते बिहीबारसम्म चल्नेछ। चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा हुनेछ। चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा छ।

तस्बिरमा परीक्षा तालिका हेर्नुहोस्