2026-09-14 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

असल छोरा बुहारीलाई सम्मान, खराब छोरा बुहारीलाई सजाय

साउन १०, कञ्चनपुर | राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको तेस्रो वार्षिक साधारण सभा बाट जयानन्द बडुको अध्यक्षतामा १५ सदस्यि नगर समिति गठन भएको छ । 

जसमा उपाध्यक्ष अशोक महरा, सचिव चुणामणि कलौनी, सहसचिव नरपती शर्मा भण्डारी, कोषाध्यक्ष जयादत्त पन्त त्यसैगरी सदस्यहरुमा पूर्णबहादुर थापामगर, पदम बहादुर बम, कृष्ण बहादुर चन्द, वामदेव चौटत, धर्मराज जोशी, धन सिह भण्डारी, लिलाधर भट्ट, राम बहादुर महता नारायण दत्त पन्त, जय बहादुर पाण्डेय चयन भएका छन् । 

वार्षिक सधारण सभामा केन्द्रिय उपाध्यक्ष गंगाराम गिरीले जेष्ठ नागरिकले समाजमा रहेका जेष्ठ नागरिक हितको लागि यसले निकै ठुलो भुमिका खेल्दै आएको, आफुहरुको सर्घष बाट नै सार्वजनिक यातायात देखि लिएर अस्पताल लगायत विभिन्न ठाउँमा छुट र निःशुल्क उपचार सम्भव भएको बताउनु भयो, अब देखि बृद्ध आमा बुवालाई माया गर्ने, छोरा बुहारीलाई जेष्ठ नागरिकको कार्यक्रममा सम्मान गर्ने र बृद्ध आमा बुवालाई दुख दिने घर बाट निकाल्ने जस्ता कार्य गर्ने छोरा बुहारीलाई कानुनको कटघेरामा उभाई सजायको भागीदार गर्ने बताउनु भयो । जेष्ठ नागरिकको मुल नारा ‘ओछयान छोडन पाइन, वृद्धाआश्रम चाहीदैन’ भन्ने नारालाई आत्मसात गरी आफुहरुले बनाएको घर र आफुहरुले हुर्काएको सन्तानमा आफ्नो हक हुनाले उनीहरुले पनि बुढेसकालमा आमाबुवालाई हेर्नू पर्नेमा जोड दिनु भयो साथै नेपाल सरकारले एकल महिलालाई भत्ता दिए जस्तै एकल पुरुषलाई पनि भक्ता दिनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा भम्केनी धाममा आफनो लगानी लगाई धर्मशालाको निर्माण गरी हस्तान्तरण गर्ने दनविर अशोक सिह महरालाई पनि सम्मान पत्र दिनुको साथै दोशल्ला ओडाई सम्मान गरिएको थियो । 

विहिबार भएको वार्षिक साधारण सभामा नगरकमिटिका अध्यक्ष जयानन्द बडुको सभापतित्वमा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष गंगाराम गिरी, विशिष्ट अतिथीमा केन्द्रिय सदस्य तथा प्रदेश नं. ७ का इन्चार्ज गोविन्द सिंह विष्ट रहनु भएको थियो भने कार्यक्रम संञ्चालन कर्णबहादुर सिहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ