पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

साझासवाल
1 Min Read

<p><b>भदौ ५, काठमाडौं । </b>भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।&nbsp;<br></p><p>पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।&nbsp;</p><p>प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेले भारत सरकारले पुननिर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुननिर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply