By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्वदेशी विद्युतबाटै देशभर उज्यालो, प्राधिकरण भन्छ ‘निर्धक्क बाल्नुस बत्ति’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्वदेशी विद्युतबाटै देशभर उज्यालो, प्राधिकरण भन्छ ‘निर्धक्क बाल्नुस बत्ति’
काठमाडौँ - KTMसमाज

स्वदेशी विद्युतबाटै देशभर उज्यालो, प्राधिकरण भन्छ ‘निर्धक्क बाल्नुस बत्ति’

साझासवाल
Last updated: October 26, 2019 2:29 pm
साझासवाल
6 Min Read
Share

रमेश लम्साल | कात्तिक ९, काठमाडौँ | तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे । उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारैमा लक्ष्मीको आराधना गरेर बस्थे ।

समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो । विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणा गरियो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बनाउनुभएको थियो ।

मुलुकबाट नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणासँगै प्राधिकरणमाथि अर्को आरोप पनि लाग्यो, भारतबाट महङ्गोमा किनेर ल्याएको विद्युत्बाट अँध्यारो हटाइयो । आलोचकले त विभिन्न बहाना निकालेर सरकार र प्राधिकरणको आलोचनामा नै समय खर्चिए । प्राधिकरणलाई भारतबाट विद्युत् आयात गर्नु बाध्यताजस्तै थियो । आन्तरिक रूपमा पुग्दो विद्युत् नभएका कारण पनि भारतको भर पर्नु परिस्थितिको उपज नै थियो । प्राधिकरणले अनेकन प्रयास गरेर सहजरूपमा उपभोक्तालाई विद्युत् उपलब्ध गराएकै थियो ।

अघिल्ला दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भए पनि उपभोक्तालाई विद्युत् उपलब्ध गरायो । यस पटक भने प्राधिकरणले आन्तरिक उत्पादन नै प्रयोग गरेर यस पटकको लक्ष्मीपूजाको दिन देशभर नै उज्यालो बनाउने भएको छ । विगतमा भारतको भर परेर मात्रै उज्यालो बनाएको प्राधिकरणमाथि लागेको आरोप यस पटकदेखि भने हट्नेछ । “कसरी व्यवस्थापन भयो त आन्तरिकरूपमा नै सहज विद्युत् हुने अवस्था ?” राससको प्रश्नमा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भन्नुभयो, “प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट विद्युत् नगन्य मात्रामा मात्रै विद्युत् आयात हुन्छ ।” 

प्राधिकरणले आफ्ना आयोजनाबाट कूल नौ हजार १३५ मेगावाट घण्टा विद्युत् उपलब्ध गराइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार २१६ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ । भारतबाट एक हजार ८२९ मेगावाट घण्टा विद्युत् आयात भइरहेको छ । यतिबेला मौसममा कुनै बदली नभएका कारण देशव्यापीरूपमा नै कहीँकतै पनि ‘ट्रिपिङ’को समस्या छैन । प्राधिकरणका अनुसार हाल प्रणालीमा कूल २१ हजार २७० मेगावाट घण्टा विद्युत् माग रहेको छ । त्यस्तै प्राधिकरणले हाल दैनिकजसो नै ५३३ मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ । 

प्राधिकरणले जगेडाका रुपमा कुलेखानीको तीनवटै आयोजना पनि राखेको छ । ती आयोजनाबाट कूल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र हालै सञ्चालनमा आएको कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती आयोजना जलाशय प्रकृतिका भएका कारण पनि आवश्यक परेको समयमा मात्रै चलाउने गरी व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

हाल प्राधिकरणको प्रणालीमा एक हजार २५० मेगावाट विद्युत् उपलब्ध छ । यस वर्षको छ महीनामा मात्रै १५० मेगावाट विद्युत् थप भइसकेको छ । आन्तरिकरूपमा नै विद्युत् पर्याप्त  भएकाले कुनै भवितव्य नहोस् भनेर मात्रै भारतबाट आयात हुने विद्युत् जोडिराखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् आयात गरिरहेको छ । आयात भएका मध्ये ३० मेगावाट विद्युत् रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत बिहारतर्फ निर्यात गरिएको छ । बाँकी रहने २० मेगावाट विद्युत् मात्रै प्रणाली सुरक्षाका लागि उपलब्ध भइरहेको छ । कुलेखानी चलाउँदा उत्पादन हुने विद्युत् भारत नै निर्यात हुने गरेको छ । जलाशयको सतहलाई सन्तुलित बनाइराख्न पछिल्ला दिनमा कहिलेकाहीँ एकाध घण्टा कुलेखानी चलाउने गरिएको प्रवक्ता अधिकारीको भनाइ छ । कुलेखानीको जलाधार क्षेत्रबाट जम्मा हुने पानीको मात्रा उस्तै रहेका कारण पनि जलाशयलाई सन्तुलित बनाइराखिएको प्राधिकरणको भनाइ छ । आन्तरिक विद्युत्बाट नै दीपावलीलाई झकीझकाउ बनाउने गरी योजना तयार भएको र प्राधिकरणका सबै वितरण केन्द्र, आयोजना तथा ग्रिडका कर्मचारीलाई समेत तम्तयारी अवस्थामा राखिएको छ । 

काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीको अवस्था पहिचानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रवक्ता अधिकारीको टोली परिचालित भएको छ । आज पनि उपत्यकाका सबै क्षेत्रको अवस्थाको बारेमा कार्यकारी निर्देशक घिसिङले जानकारी लिनुभएको प्रवक्ता अधिकारीको भनाइ थियो । प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीको नेतृत्वमा अर्को टोली स्थलगत निरीक्षण तथा आवश्यक तयारीका लागि परिचालित छ ।

 कुनै पनि घर अँध्यारोमा बस्नु नपरोस्, सबै घरमा बत्ती बलोस् भन्ने लक्ष्यका साथ सबै तयारी गरिएको प्राधिकरणको भनाइ छ ।

 क्षमताअनुसार बत्ती बाल्नुस् 

अघिल्ला वर्षहरुमा बढी विद्युत् माग हुने समयमा धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्ने प्राधिकरणले यस पटक निर्धक्क भएर बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको छ । बत्तीको उपलब्धता बढी भएकाले उपभोक्ताले बत्तीको पर्वमा आफ्नो क्षमताअनुसार नै बत्ती बाल्न आग्रह गरिएको प्रवक्ता अधिकारीको भनाइ छ । प्राधिकरणले विद्युत् पुगेका स्थानका कुनै पनि घर अँध्यारोमा बस्न नपरोस् भनेर सबै व्यवस्था मिलाएको जनाएको छ ।

लक्ष्मीपूजाको दिन १२०० मेगावाट माग

प्राधिकरणले लक्ष्मीपूजाको दिन देशभरको विद्युत् माग बढीमा एक हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । भारप्रेषण केन्द्रले तय गरेको आँकडाअनुसार कूल एक हजार १९० मेगावाटदेखि एक हजार २०० मेगावाटको हाराहारीमा विद्युत् माग पुग्ने छ । तिहारको समयमा उद्योगधन्दा पनि बन्द हुने भएकाले घरायसी उपयोगका लागि मात्रै विद्युत् माग बढ्दा त्यसले खासै समस्या नपर्ने प्राधिकरणको बुझाइ छ । आन्तरिक रुपमा बढी भएको खण्डमा निर्यात गरिरहेको भन्दा बढी विद्युत् भारत निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको छ । बर्दघाट सवस्टेशनमा बिहीबार राति आगलागी भएपनि सो क्षेत्रका २९ हजार उपभोक्तालाई वैकिल्पक उपायबाट विद्युत् उपलब्ध गराइएका कारण कुनै पनि घरमा अँध्यारो नहुने प्राधिकरणको भनाइ छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?
Next Article सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता, जितिन् अल्टो के–१० गाडी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘जिन्दगी चल्न त चल्या छ…’ गीत सुन्न सरकारलाई रास्वपा सांसदको सुझाव

1 year ago
बारा - BRसमाज

विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीहरूले गरे नाराबाजी

57 years ago
काठमाडौँ - KTMदाङ्ग - DNGसमाज

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMप्युठान - PTNसमाज

धामीले सिंगो बस्तीका सवैको मृत्यु तोकिदिएपछि…

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?