2026-07-04 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जिन्दगी चल्न त चल्या छ…’ गीत सुन्न सरकारलाई रास्वपा सांसदको सुझाव

काठमाडौँ | रास्वपा सांसद डा. चन्दा कार्की भण्डारीले ‘जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाएकी छन् । आइतबार प्रतिनिसभामा उनले जनताको आक्रोशलाई बेवास्ता गर्ने हो भने सरकारले अझै चर्को मूल्य चुकाउनुपर्ने बताइन् ।

देशमा भ्रष्टाचार, कानुनी विभेद, अन्याय, महँगी, बेरोजगारी बढ्दै गएको उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराइन् । ‘देशमा भ्रष्टाचारले जरा गाडेको गाड्यै छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खप्नुपरेको छ । जनता महँगी, बेराजगारीको मारमा छन् । काठमाडौं विश्वकै चौथो प्रदूषित शहर बन्न पुगेको छ । तर, सरकार कहाँ छ ?,’ सांसद कार्कीले प्रश्न गरिन् ।

जनताको पीडा सुन्नुपर्ने बेलामा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको उनको भनाइ छ । ‘जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ । नयाँ नेतृत्वलाई सिध्याउने र होच्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ,’ उनले भनिन्, ‘राजाको आह्वानमा सडकमा जनता ओर्ले भनेर गालीगलौजमा व्यस्त छ ।’

उनले नेपाली जनता कुनै राजा फर्काउन नभई नेताहरूकै अकर्मण्यता र भ्रष्टाचारबाट निराश र दिक्क भएर सडकमा निस्केको बताइन् । ‘जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्ने गीतले जनताको पीर मर्काको हुबहु बयान गर्छ । सरकारले कमसेकम यो गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्,’ उनले भनिन्, ‘किनकि जनताको यो आक्रोशलाई अझै बेवास्ता गरियो भने यसको मूल्य अझै चुकाउनुपर्ने हुनेछ । त्यो मूल्यको जिम्मेवारी सरकारले नै बोक्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का