प्रेम सुनार/असार–१६, गुल्मी । टिनले छाएका चिटिक्क परेका घरहरु थिए । हराभरा जमिन । गोठहरु पनि त्यस्तै । सुधारिएको दलित बस्तीको सभ्यता । नमुना दलित बस्ती पनि भन्ने गर्दथे अन्य समुदायले । गत वर्षकोको कुरा थियो त्यहाँका पत्रकार भरत चन्दले भन्दै थिए–‘ हेनु त दाई, उ पारी हेर्नुस व्राम्हण समुदायको वस्ती, उनिहरुको तुलनामा उता फेरी हेर्नुस त त्यो दलित वस्तीमा आएको सुधार , नमुना भएन र ?

उनि संगै हालै त्यस वस्तीमा पुगियो । त्यस वस्ती भुकम्पले क्षतिग्रस्त पारेको जस्तै देखियो । ८ घर मध्ये ७ घरको छाना छैन । भताभुङ्ग भएको छ । एक घर परिवार वाहेक हिजो देखिने मानिसहरुका चेहरा देख्न सकिएन । सोध्धै जाँदा २१ औ शताव्दीका मान्छेको ढुङ्गे युगको चेतना पाईयो ।

यो मदाने गाउँपालिका वडा नम्वर– २ , साविकको बाँझकटेरी १ , शुभे गाउँको कथा हो यो । २०७१ सालमा ६३ वर्षको उमेरमा त्यस गाउँका ६३ वर्षिय मनबहादुर परियारको मृत्यु भएको थियो । त्यसको ३ वर्ष पछि २०७४ साल भदौ ६ गते उनका जेठा छोरा रने परियारको ३१ बर्षको उमेरमा मृत्यु भयो ।

छिमेकी व्राम्हण समुदायले पहिला आफुहरुले त्यस टोललाई चोख–निष्ठा राखेको तर पछि प्युठानबाट बसाई सराई गरे आएका ति दलित समुदायले पाडा–भैसी काटेर चोख निष्ठा भंग गरेकोले मानिस र गाई भैसी मरेको हुन सक्ने भएको भन्दै माटो हेराउन सुझाव दिए ।

मृतकका छोरा दिपक परियार लगाएत गुल्मी र प्युठानको सिमनाको पटौती भन्ने स्थानमा धामी झाँक्री गर्ने देविनी भन्ने धामी कहाँ माटो लिएर हेराउन गए । ति देविनीले माटो हेराए पछि ति दुई जनाको मृत्यु यो सुरुवात मात्रै भएको , अव प्रत्येक तिन वर्षमा सवैको मृत्यु हुने ठोकुवा गर्दै वस्ती सार्नु पर्ने वकिन ।

त्यो वके संगै दिपक परियार , उनका भाईहरु रमेश, दिलीप , मृतक रने परियारकी श्रीमति सहितका ६ सन्तान, उनकी आमाको बुढो घर सहित ५ घर त्यतिकै चिटिक्क पारेर बनाईको गोठहरु छाडेर लागे छिमेकी जिल्ला प्युठानको अर्घामा वसाई सराई गर्न ।

गत असोज महिना देखि वसाई सराई सुरु गरेका उनिहरुले अहिले सम्म पनि त्यहाँका सर–सामानहरु ओसार्दै छन् । अर्का रनबहादुर परियार पनि बाँझकटेरी कै भेडिखोर भन्ने स्थानमा वसाई सराई गरे । उनि सहित कुल ७ वटा घर , गोठ र शौचालयहरु यति वेला भताभुङ्ग छ ।

गत वर्ष सम्म हराभरा खेतीपाती हुने उनिहरुका जमिनहरु यति वेला झाडीमा परिणत भएका छन् । अहिले जम्मा एक घर देउमती परियारका परिवारजनहरु एक्लै बनेका छन । उनिहरु पनि त्रासमा मुस्कीलले वसेको बताउँ छन् ।

अरुलाई मर्छौ भनेकी देविनी नै पहिला मरिन

बाँझकटेरीका त्यति राम्रा र ठुला–ठुला घर गोठ छाडेर अहिले प्युठान गई छाप्राहरुमा बसेका ति परिवार मध्येका दिपक परियार भन्छन् –‘हामी सवैलाई तिन वर्षको अन्तरालमा मर्छौ भनेकी देवि नै अहिले हामी भन्दा पहिल्लै मरी सकिन भन्ने थाह पायौं । उनको कुर नसुनेको भए त्यस्ता घर गोठ र जमिनहरु छाड्न पर्दो रहेन छ । ’

उनले मुटु भक्कानाउँदै भने–‘ हामी आफै मिस्त्री भएकोले प्रत्येक घरहरु कम्तीमा तिन लाखमा बनाएका थियौं । गोठ वंगला, ट्याईलेटमा पनि लगभग त्यति नै खर्च लागेको थियो । भत्काएर टिन र केहि काठहरु लिएर आएका हौं । अरु सवै खेर गएको छ । त्यस वस्तीको झल्को आई रहन्छ । रुन मन लाग्छ , फेरी त्यही फर्कऔं कि जस्तो पनि लाग्छ तर मरिन्छ कि भन्ने डरले केटाकेटी मान्दैनन । ’

सवै गरेर करोडौंको सम्पत्ती खेर फाल्दै विस्थापित गराउने ति धामी काम गर्दै आएकी महिलाको मृत्यु भई सकेको उनिहरुले बताए पनि आधिकारिक निकायबाट पुष्टी हुन सकेको छैन । उनले धेरै वर्ष देखि हेरखोर गर्दै आएको जानकारी धेरैले दिए ।

यसरी धामी झाँक्रीका कारण धेरैको अकालमा ज्यान गएको सुनिदै आए पनि सिङ्गो वस्ती नै छाड्नु परेको घटना यस भेगमा यो पहिलो हो । मदाने गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष माधव भुसाल भन्छन –‘ उनिहरुमा जनचेतनाको कमी हो । उनिहरु फर्केर आउँछन भने हामीले पुनस्थापित गर्न सहयोग गर्दछौं । वाख्रा पालन लगाएत आय आर्जन मुलक कार्यक्रमहरु पारेर उनिहरुको जिवन स्तर उकास्छौं । उनिहरु फर्केर आउन हाम्रो अनुरोध छ । ’

धामीले सिंगो बस्तीका सवैको मृत्यु तोकिदिएपछि…
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment