चैत ३०, काठमाडौं । आजबाट बजारमा भरी सिलिण्डर ग्यास पाइने भएको छ।

आजबाट प्राय सबै डिलरले भरी सिलिण्डर ग्यास बजारमा लैजान थालेको निगमले जनाएको छ।

विश्वव्यापी रूपमा कारोना भाइरसको संक्रमणसँगै उपभोक्ताले घरमा ग्यास मौज्दात गर्न थालेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको थियो।

भरी सिलिण्डर र आधा सिलिण्डरको ग्यास एकै ठाउँबाट बिक्री गरेमा कारबाही हुने निगमले जनाएको छ।

नेपाल आयल निगमले यसलाई मध्यनजर गदै चैत १३ गतेबाट बजारमा ७.१ केजीको आधा सिलिण्डर ग्यास पठाउन निर्देशन दिएको थियो।

उद्योगीले ग्यास खपत कम भएर बुलेटमै थन्किन थालेको गुनासो गरेपछि आयल निगमले बिहीबार एक सूचना निकाल्दै आइतबारबाट पुरा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन दिएको हो।

Related News