२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालीम सञ्चालनबारे सिटिइभिटी र युवा परिषद्बीच सहमति

२०७७, २९ असार सोमबार १२:०८

असार २९, काठमाडौँ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) र राष्ट्रिय युवा परिषद्बीच तालीम सञ्चालन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित कार्यक्रममा सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलबीच छोटो अवधिको सीपमूलक तालीममार्फत उत्पादनशील जनशक्ति तयार गरी उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

सहमतिअनुसार परिषद्ले तालीम लिनका लागि युवाको छनोट गर्ने र ती छनोट गरिएका युवालाई उनीहरुको इच्छाअनुसार तालीम सिटिइभिटीले प्रदान गर्नेछ । आगामी आर्थिक वर्षदेखि ३९० घण्टा सञ्चालन हुने सबै तालीम दुई पक्षबीचको सहकार्यमा हुनेछ । 

सहमतिमा परिषद्ले तोकिएको मापदण्ड अपनाई तालीमका सहभागीको छनौट गर्न स्थानीयमार्फत आवश्यक संयोजन गर्ने, तालीमको स्थलगत अनुगमन गरी तालीमको गुणस्तर र कार्यस्थलको सिकाइ सुनिश्चिताका लागि सहजीकरण गर्ने, युवालाई उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न सहुलियतपूर्ण कर्जाको सहजीकरण गर्ने, उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नका लागि रोजगार प्रदायक संस्थासँग समन्वय, सहकार्य र सहजीकरण गर्ने छन् । 

यस्तै सिटिइभिटीले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै पहिचान भएका व्यवसायमा गुणस्तरीय तालीम सञ्चालनका लागि सहजीकरण गर्ने, सञ्चालित कार्यक्रमको गुणस्तर सुनिश्चिताको लागि नियमित नियमन तथा अनुगमन गर्ने, आवश्यकतानुसार सहभागीले सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई परीक्षण, स्तरीकरण र प्रमाणीकरण गर्नेछ । 

‘‘धेरै युवाहरु हामी तालीम कहाँ र कस्तो पाइन्छ भनेर आउने गरेका छन् । हामीले तालीम दिन संस्था नभएपछि ती युवा त्यतिकै फर्कने गरेका थिए’’ परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो, ‘‘अब सहमति भएपछि तालीम लिन चाहने युवालाई हामीले छनौट गरेर सिटिइभिटीमा पठाउने छौँ ।’’ 

उहाँले सहमतिबाट सीप र तालीमको माध्यमबाट युवालाई उत्पादनसँग जोड्न र रोजगारी सिर्जना गरी वाध्यतावश हुने युवाको वैदेशिक पलायनलाई न्यूनीकरण गर्ने सहयोग पुग्ने बताउनुभयो । सहमतिअनुसार पहिलो चरणमा २१ हजार युवालाई छोटो तालीम दिइनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय