2026-06-17 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’

साउन ६, काठमाडौँ । नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो । सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ । ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ । यहाँ नेपाली ३७ र विदेशी २८ कलाकार सहभागी छन् ।

समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रत्यक्षरुपमा प्रदर्शनी गर्दै आएकामा यसपटक विषम परिस्थितिका कारण सम्भव नभएपछि भर्चुअल प्रदर्शनी गरिएको हो । समाजले अन्तरराष्ट्रय कला प्रदर्शनीसमेत हरेक दुई वर्षमा गर्दै आएको थियो । यस वर्ष पनि आगामी भदौमा कार्यक्रमको तयारी हुँदै गर्दा कोभिड–१९ का कारण सम्भव नभएपछि यस वर्ष स्थगन गरिएको छ । 

समाजका अध्यक्ष एनबी गुरुङका अनुसार यसपटक भने बन्दाबन्दीका समयमा घरभित्रैको क्यानभासमा समेटिएका चित्र प्रदर्शनीमा सहभागी गराइएको छ । प्रदर्शनीबाट विभिन्न मुलुकका कलासंस्कृति आपसमा साटासाट हुने भएकाले एकापसमा सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्ने जनाइएको छ । प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, चीन, फिलिपिन्स, इरान, इण्डोनेसिया, कोष्टारिका, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशको सहभागिता छ । 

प्रदर्शनीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै समाजका अन्तरराष्ट्रिय अध्यक्ष अतानुर डोगानले कार्यक्रम नेपालको पहिचान दिलाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । केही वर्षअघि नेपाल आउनुभएका उहाँले नेपालको सुन्दरतामा आफू लोभिएकाले अर्काे वर्ष कला सिर्जनाका लागि आउने प्रतिबद्धता  जनाउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ