२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा, याद गरिराखौं सम्पर्क नम्बरहरु

२०७८, १९ बैशाख आईतवार ०५:४६

वैशाख १९, काठमाडौँ । कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियान्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा शुरु गरिएको हो । यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही,  अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे  लगायतको सहयोग छ ।

अभियान्ता प्रधानले कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको  जानकारी दिनुभयो ।

अभियानअन्तर्गत गरीब, दुःखी, असहाय  वा एम्बुलेन्स सुविधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिका लागि सेवाको भावले आफूहरुले पूर्ण सहयोग गरी सम्भव भएसम्म हस्पिटल  पुर्याउने ओम समाज हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले जानकारी दिनुभयो । शनिबारदेखि शुरु गरिएको अभियानअन्तर्गत कोभिडका बिरामीलाई उनीहरुले चाहेका अस्पताल  पुर्याउने तथा अक्सिजनको व्यवस्थापनको कार्य गर्दै आएको उहाँले बताउनुभयो । दैनिक ४० देखि ५० बिरामीले यो सेवा लिइरहेका छन् । आज दुई सयभन्दा बढी फोन कल आएको र बिरामी व्यवस्थापनमा अभियान सक्रिय रुपमा जुटेको बताइएको छ । 

बिरामीलाई आवश्यकताअनुसार  निःशुल्क आकस्मिक स्वास्थ सेवा सहितको एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । बिरामीले आफूले चाहेको अस्पताल आफैँ छान्न सक्नेछन् । डा घिमिरेले अहिलेको असहज परिस्थितिमा भौतिक दूरी कायम गर्दै मास्क लगाउन र अनावश्यक सिलिन्डर स्टक नगर्नसमेत आग्रह गर्नुभएको छ । 

त्यस्तै, अभियन्ताहरुले पनि नअत्तालिन, मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट र शेयर नगर्न आग्रह गर्नुभएको छ ।

सो अभियानको सहयोगार्थ तत्काललाई इन्द्र अन्नपूर्ण लाइन्स, बिराज समाज,  क्याप्टेन लामा, पूर्वप्रहरी प्रमुख खनाल , शिक्षाकर्मी शाही, डा घिमिरे, अधिवक्ता अधिकारी, व्यवसायी शर्मा, अभियन्ता शाही, कलाकार उप्रेती, घिमिरे, तथा  प्रधानले जनही रु १५ हजार उपलब्ध गराउनु भएको अभियानले जनाएको छ । स्वास्थकर्मी जिता बराल, मुना साधना विश्कर्मा, निर्मल कार्की तथा  चालक तेन्जिङ तामाङको टोलीले बिरामीलाई अस्पतालसम्म पुर्याउन  आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवामा कार्य गर्ने बिराज समाजका अध्यक्ष रामप्रसाद दाहालले बताउनुभयो । सेवा लिनका लागि सम्पर्क नं ९८५१२७७३४२, ९८५१२३९३४२ र  ९८५१३१२४१७ सम्पर्क गर्न सकिनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा