By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
14 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
14 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
14 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
16 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
19 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
16 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
20 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: आलेख : महामारी हटेको होइन, घटेको मात्र हो
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आलेख : महामारी हटेको होइन, घटेको मात्र हो
काठमाडौँ - KTMसमाज

आलेख : महामारी हटेको होइन, घटेको मात्र हो

साझासवाल
Last updated: July 2, 2021 9:36 am
साझासवाल
10 Min Read
Share

असार १८, काठमाडौँ (रासस) । भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् । उनीहरु कोभिडको तेस्रो लहरको सम्भावनाले छोपिसकेकातर्फ सरकारको ध्यानाकर्षण गराउँछन् ।

कुनै समय भारतमा दैनिक झण्डै चार लाखजना सङ्क्रमित देखिने गरेकामा पछिल्ला केही हप्तायता भने घटेर ५० हजारभन्दा तल पुगेको छ । यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । अहिले भने नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दूरी कायम गर्ने तथा अरू जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुमा आएअनुासर अहिले नयाँ दिल्लीका रेल स्टेनहरुमा हजारौँ जना जम्मा हुन्छन् भने कतिपय सार्वजनिक यातायातमा ठूलो भीडभाड देखिन्छ । ‘सपिङ मल’ हरुको अवस्था त्यस्तै छ भने खाना बनाउने र लैजाने मात्र सेवा दिने भनिएका रेष्टुरेन्टहरुमा बाहिरबाट ढोका लगाएर भित्र कैयौँ जना बसेर खाने गरेका छन् । सडकमा हिँड्डुल गर्ने मानिसले मास्क नलगाएको देख्दा प्रहरीले सोधपुछ गर्ने गरेपछि घर या कार्यालय परिसरमा मास्क लगाउनेहरु घटेका छन् । जसका कारण भारतमा अर्काे खतरा आउने जनस्वास्थ्यविद्हरु बताइरहेका छन् ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस) का निर्देशक रन्दीप गुलरिया भन्नुहुन्छ, “भारतमा कोभिड–१९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्योभन्दा पनि बढी घातक हुनसक्छ । अहिले सङ्क्रमितहरुको सङ्ख्या केही घट्दैमा सरकारले शान्तिको सास फेरेर सबै ठीक भयो भनेजस्तो गरी सबैतिर खुला गरिदिएको छ, यसले अवस्था अझै सोचेभन्दा पनि जटिल बनाउन सक्छ ।”

गत हप्ता भारतीय सञ्चारमाध्यमसँग उहाँले भन्नुभयो, “हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो । हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो तर पछिल्ला दिनहरुमा बढ्दो भीडभाड र सरकारले एकपछि अर्काे गरी प्रतिबन्धहरु फुकाउँदै गएकाले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन । मलाई त अब आउने सम्भावित तेस्रो लहरहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर लागिरहेको छ ।”

विश्व स्वास्थ्य सङ्गठनका जनस्वास्थ्यविद्हरु कोरोना भाइरसका हरेक लहरहरुको आगमन मानिसले गर्ने व्यवहार र उनीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने शैली एवं तदारुकतामा भरपर्ने बताउँछन् । मानिसकै क्रियाकलापकहरुले नै कोभिडका नयाँ नयाँ लहरहरुको निर्धारण गर्ने गर्दछ तर यही विन्दुमा केन्द्रित भएर न नागरिक र न त सरकारहरुले नै सोच्ने गरेका छन् । यसैले यो भाइरसले नयाँ स्वरुपहरुमा आफूलाई विकास गरिरहेको पाइएको उनीहरुको भनाइ छ ।

भारतमा दोस्रो लहर आउनसक्नेतर्फ सजग रहन र सोही बमोजिमको तयारी गर्न यसअघि विज्ञहरुले गरेको आग्रहलाई बेवास्ता गरेर विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिस जम्मा हुने कार्यक्रमलाई अनुमति दिने, होटेल रेष्टुरेन्ट र शपिङ मलहरुमा मापदण्ड नअपनाएको अनुगमन नगर्ने गरेकाले यो दोस्रो लहरका लागि थप बल पुगेको विज्ञहरुको दाबी छ । त्यसैले अब आउनसक्ने सम्भावित तेस्रो लहर रोक्न विगतबाट पाठ सिकेर नीतिनियम बनाउन र व्यवहार गर्न उनीहरुको आग्रह छ ।

भारतको यही अवस्थासँग नेपालको परिस्थिति पनि ठ्याक्कै मिल्न जान्छ । नेपालमा कोरोना भाइरसका दुवै लहर त्यतैबाट भित्रिएकाले यो अनुभव भारतसँग मेल खान्छ । यतिखेर नेपालले पनि यसै हप्तादेखि प्रायः सबै क्षेत्र खुला गरेको छ र कतिपय खुल्दै पनि छन् ।

दोस्रो लहरको असर देखिएको करीब दुई महिनाको निषेधाज्ञापछि यही असार १५ गतेदेखि खुकुलो भएसँगै सरकारले त शान्तिको सास फेर्न खोजेको देखिन्छ, तर तेस्रो लहरको खतराको घन्टी भने नजीकै आइपुगेको विज्ञहरुको अनुमान छ । उनीहरु सम्भवतः अक्टोबर नोभेम्बरमा नेपालमा पनि तेस्रो लहर भित्रिन सक्ने आङ्कलन गर्छन् तर पछिल्लो खुलापनले भने त्योभन्दा पनि अगावै हामीलाई प्रभावित गर्नसक्ने बताइन्छ ।

कोरोना भाइरसको पछिल्लो स्वरुप या प्रजातिका रुपमा देखिएको ‘डेल्टा प्लस’ यहाँ पनि देखिएको पुष्टि भएको छ । यो स्वरुपले नेपालमा धेरै प्रभाव पार्नसक्ने विज्ञहरूको आङ्कलन छ । छिमेकी मुलुक भारतलगायत ११ मुलुकमा यो नयाँस्वरुप देखिएको छ । अघिल्लो हप्तासम्म नै कम्तीमा नौवटा नमूनामा देखिएको यो ‘डेल्टा प्लस भेरिएन्ट’ अहिलेको भन्दा उच्च सङ्क्रामक रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । नेपालका जनस्वास्थ्यविद्हरु पनि मानिसहरु जिम्मेवार नभएमा ‘डेल्टा प्लस’ नामको यो पछिल्लो स्वरुप अहिलेको भन्दा बढी सङ्क्रामक हुनसक्छ भन्छन् ।

यो स्वरुप वास्तवमा कोभिडको तेस्रो लहरको फैलावटका लागि कारक हुनसक्ने उनीहरुको भनाइ छ । यो ‘भेरियन्ट’ तेस्रो लहर ल्याउनमा जिम्मेवार हुनसक्ने उनीहरुको आङ्कलन छ । यो भाइरसको फैलावट र असर गर्ने दुवै क्षमता अहिलेसम्मका स्वरुपको भन्दा बढी र घातक देखिएको अनुसन्धानहरुले देखाएका छन् ।

भारत सरकारले डेल्टा प्लसलाई खतरनाक र थप अनुसन्धान हुनुपर्ने चासोको स्वरुपको श्रेणीमा राखेको भारतीय सञ्चारमाध्यम बताउँछन् । त्यसैले यो नयाँ स्वरुप तेस्रो लहरको जिम्मेवार हुनसक्नेतर्फ उनीहरुले अनुसन्धान थालेका छन् तर हामीकहाँ भने यो स्वरुप नै तेस्रो लहरको कारक हुन सक्छ या सक्दैन भन्ने कुरा अहिल्यै भन्न नसकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी बताउनुहुन्छ । उहाँले तेस्रो लहरका लागि भाइरसमात्रलाई दोषी दिनुुभन्दा पनि निषेधाज्ञा खुकुलो भएपछि हामीले गर्ने व्यवहार र जनस्वास्थ्यका मापदण्डहरु अपनाउने शैलीमा पनि भर पर्ने बताउनुहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा जिडी ठाकुर स्वास्थ्य सुरक्षा अपनाउन हामीले जति बढी बेवास्ता गर्छाैं त्यति नै यसको प्रभाव फैलिने बताउनुहुन्छ । एक त हामीकहाँ अहिलेसम्म खोपको सुनिश्चितता हुन सकेको छैन त्यसैमा पनि यो डेल्टा प्लस भेरियन्ट देखिइसकेकाले यसैले तेस्रो लहरका लागि उत्प्रेरकको काम पनि गर्नसक्ने भएकाले सबै सजग हुनुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षणमा पछिल्लो २४ घण्टामा चार हजार १७ जना सङ्क्रमित निको भएका छन् भने बुधबार कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।

सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १३० जनाको पिसिआर र तीन हजार ८५५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा यी सङ्क्रमितको पहिचान भएको हो । यसरी हेर्दा नेपालमा अहिले पनि सङ्क्रमणको दर झण्डै २४ प्रतिशत छ । पछिल्ला केही दिनको तुलनात्मक अध्ययन गर्दा यो भाइरसको सङ्क्रमण २० प्रतिशतबाट तल कुनै दिन पनि झरेको छैन । बरु यो दर दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।

नेपाल सरकारले यही असार १५ गतेदेखि विभिन्न क्षेत्र खुला गरेको छ । सार्वजनिक यातायातका साधनहरु खुलेका छन् । जोरबिजोर गरी सञ्चालनमा ल्याइएको भए पनि यात्रुको ठूलो भीडभाड यी यातायातमा देखिन थालेको छ । होटेल, रेष्टुरेन्टहरु खाना बनाउनका लागिमात्र खोलिएको भने पनि त्यहाँ पनि जमघट हुने सङ्केतहरु देखिँदैछन् । पसलहरु बारअनुसार सञ्चालन गर्न दिइएको छ तर त्यहाँ पनि मानिसहरुको भीड नै लाग्न थालेको छ । जनस्वास्थ्यका मापदण्डहरु अपनाउने काममा नागरिक सजग देखिँदैनन् । त्यसैले यहाँका जनस्वस्थ्यविद्हरु पनि तेस्रो लहरको खतरातर्फ सबैलाई सचेत बनाएका छन् ।

भारतमा जस्तै नेपालमा सङ्क्रमितहरुको सङ्ख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले निषेधाज्ञा हटाउने र नागरिकहरु पनि हजारौँको सङ्ख्यामा सडकमा निस्किने गर्नु राम्रो होइन भन्छन्, नेपालका जनस्वास्थ्यविद्हरु । उनीहरु अहिले पनि महामारी केही घटेको मात्र हो, हटेको होइन भन्दै पहिलेको भन्दा अझ बढी स्वास्थ्य सतर्कता अपनाउन र मानिसबीचको भौतिक दूरी कायम गर्न आग्रह गर्दछन् ।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे निषेधाज्ञा खुल्दै गर्दा आफ्नो पेशा र व्यवसाय कसरी सुरक्षित बनाउने, आफू र आफ्ना कर्मचारीलाई कसरी सङ्क्रमणबाट बचाउने, कार्यालय वा ‘फिल्ड’ मा काम गर्ने मनोबल कसरी कायम गर्ने तथा हरेक पेशाका भिन्नताअनुरुप कसरी सुरक्षित रहेर काम गर्ने भन्ने विषयमा जनस्वास्थ्य विशेषज्ञहरुको परामर्श लिँदा प्रभावकारी हुने सुझाव दिनुहुन्छ ।

पेशाबाट आफू र आफ्नो परिवार सुरक्षित गर्ने उपायले महामारीको प्रकोपबाट बच्न सकिने उहाँको धारणा छ । खोप र जनस्वास्थ्यका मापदण्डहरुको पालना नै यो महामारीबाट बच्ने उपाय हो भन्ने बारेमा लगभग सबै नेपाली जानकार रहेकाले आफू नै सजग र सतर्क हुनसके मात्र सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सबैले सोच्नु जरुरी रहेको उहाँको भनाइ छ ।

भारत तथा अन्य देशहरुमा महामारीको तेस्रो या अन्य लहरहरु आउनसक्ने भनिएको भए पनि त्यसलाई नियन्त्रण गर्न खोप पर्याप्त हुनसक्ने बताइरहेका छन् । हामी कहाँ भने खोपको उपलब्धता नगण्य छ । कैयौँ देशमा कोरोना विरुद्धको खोप लगाउने कामलाई प्राथमिकतामा राखेर अभियान नै सञ्चालन गरिरहेका छन् तर नेपालमा यस्तो अवस्था छैन ।

जनस्वास्थ्य विज्ञहरु भाइरसको प्रकोपलाई रोक्न तथा सङ्क्रमण भइहाले पनि असर कम गर्न खोपले प्रभावकारी रुपमा काम गर्ने बताउँछन् तर हामीले खोप अभियानलाई सर्वसुलभ बनाउन सकेका छैनौँ । सरकार खोप ल्याउन प्रयत्नशील देखिन्छ तर आवश्यक मात्रामा खोप भित्रिइसकेको छैन । त्यसैले पनि अहिलेका लागि महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनस्वास्थ्यका मापदण्ड अपानउनु नै हो । महामारी हटेको होइन, घटेको मात्र हो भनेर आफैँले मनन गर्नु नै उत्तम उपाय हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने निर्माणाधीन पुल भासियो
Next Article महोत्तरीका आधा दर्जन नदीमा बाढी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

महोत्तरी - MHTसमाज

आठ महिने बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

57 years ago

teast

57 years ago
समाज

बजार अनुगमन, ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

आस्था राणा मास्के बनिन मिसेस नेपाल आईकन २०१९

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?