2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आस्था राणा मास्के बनिन मिसेस नेपाल आईकन २०१९

साउन १४, काठमाडौँ | मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा निर्णायक मण्डलीको अन्तिम प्रश्न- एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ ? भन्ने प्रश्नको खुमलटार, ललितपुर बासिन्दा आस्था राणा मास्केले दिएका उत्तरबाट उनि विजेता भएकी हुन् ।

त्यसै गरि मिसेस नेपाल आइकनका प्रतियोगिका सब टाइटल विजताहरुमा आस्था राणा मास्के मिसेस र्याम्वाल्क, मोष्ट फोटोजेनीक, मोष्ट पपुलर, मन्दीरा अधिकारी  फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, अस्मिता गौतम सेकेन्ड रनर अप, मिसेस ब्युटिफुल, सम्झना सिलवाल मल्टीमेडिया च्वाइस तथा मिसेस कन्जुल्यारीटी, भावना थपलिया मोष्ट डिसिप्लेन तथा भ्वअर च्वाईस, लक्ष्मी क्षेत्री बेष्ट पर्सनालिटी तथा मोष्ट इस्टाइलिस, देवकी भट्ट मोष्ट इन्टल्कच्वल, सुस्मीता घिमिरे मोष्ट पोजिटिभ एटुच्यट रहेका छन् ।

ए.एन.पी. मेडिया हाउस द्धारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, आइडल स्कूलका संस्थापक निर्देशक पूर्ण लामा, सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द,  संगीतकार सरोज प्याकुरेल, एलिजा महर्जन, चन्दा थापा गिरी रहेका थिए ।

उक्त कार्यक्रममा गृहणी, ब्यबसायी, शिक्षिका तथा जागिरे महिलाहरुले भाग लिएका थिए भने टप ८ मा पुग्न सफल भएका महिलाहरु बाट बिजेताको घोषणा गरिएको थियो । कार्यक्रम काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएका जानकारी आयोजक ए.एन.पी. मेडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले गराएका छन् भने उक्त कार्यक्रमका संयोजक शम्भु प्रसाद रेग्मी रहेका थिए । उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन  अश्विनी झाले गरेका थिए । यस कार्यक्रमको भिडियो रेकर्ड “ए.एन.पी. मेडिया हाउस” युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध