2026-09-13 09:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

आठ महिने बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

अजयकुमार साह | भदौ  १६, धनुषा | महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । 

आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताउनुभएको हो । 

घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गरिने छ, उहाँले भन्नुभयो, “हत्यारा जहाँ भए पनि खोजर कानुनी कारवाही गर्न सरकार प्रतिवद्ध छ ।” 

आठ महिने बालिका सोनाली चौधरीको बलात्कार गरी हत्या गरिएको आङ्शका गरिएको छ । मन्त्री यादवले बलात्कार विरुद्ध प्रदेश सरकारले कडा कानून बनाउने प्रतिबद्धता व्यक्त गर्दै रौतहट लालबकैया नदीमा पाँच जनाको मृत्यु हुनेगरी भएको डुङ्गा दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीे गरिने बताउनुभयो । 

समयमा काम नगर्ने ठेकेदारलाई समेत कारवाही हुन्छ, उहाँले भन्नुभयो, “यसका लागि छिट्टै नै सार्वजनिक खरिद ऐन ल्याउने तयारी प्रदेश सरकारको छ ।” 

मन्त्री यादवले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न प्रदेश सरकारले छिट्टै सुशासन सम्बन्धी विधेयक समेत ल्याइने जानकारी दिनुभयो । 

यसअघि बैठकमा प्रदेशसभा सदस्य मनिष सुमनले लालबकैया नदीमा समयमै पुल नबन्दा डुङ्ग दुर्घटना भएको र त्यसका लागि पुलनिर्माणको ठेक्का लिएका पप्पु कन्सट्रक्सनलाई कारवाहीको माग गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठनले नेपालबाट औँलो रोग उन्मूलन भइसकेको घोषणा गरिसकेकाले सो रोग न्यूनीकरणका लागि प्रदेश सरकारले सुपानेट झुल वितरण गर्न रु पाँच करोड छुट्ट्याएकोमा आपत्ति जनाउँदै ‘बजेटमा सुपानेट झुल वितरणका लागि रु पाँच करोड छुट्टयाउँदा हामीले यसको विरोध गरेका थियौँ, त्यतिबेला अर्थमन्त्रीले यो हटाइने प्रतिबद्धता जनाए पनि अहिले रेडबुकमासमेत उल्लेख नै छ, यो किन हटेन ?’ भनी प्रश्न गर्नुभयो । 

सदस्य सुमनले सामाजिक परिचालकको माग पूरा हुनुपर्नेमा पनि जोड दिनुभयो । 

अर्का सदस्य मञ्जु यादवले प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनलाई बहिस्कार गर्ने सदस्यहरुलाई कारवाहीको माग गर्दै प्रदेश सरकार गठन भएको आठ महिना भइसके पनि जनताले सुशासन र विकासको अनुभूति गर्न नसकेको बताउनुभयो । 

प्रदेशसभा सदस्य ज्वाला साहले जनताको इच्छाविपरित प्रदेश सरकारले रेडबुकमा मनमानी तरिकाले आवश्यक योजना ल्याएकोमा आपत्ति जनाउँदै सरकार विकास निर्माणमा जोड दिनुपर्छ भन्नुभयो । 

यसैगरी प्रदेशसभाको शुक्रबारको बैठकले मुख्यन्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाको अन्य सर्तमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको थियो । 

विधेयक मुख्य न्यायाधिवक्ताको पारिश्रमिक मासिक रु ५४ हजार ५९० निर्धारण गरिएको छ । यस्तै अन्य सुविधामा विशेष भत्ता मासिक दुई हजार, आवास सुविधा १७ हजार ९५०, घर मर्मतका लागि आठ हजार ९७५, विद्युत् महसुल खर्च एक हजार पाँच सय, इन्धन मासिक १५० लिटर, कपडा भत्ता १० हजार, विदेश भ्रमण १७५ डलर दैनिक र भ्रमण भत्ता दुई हजार पाँच सय दैनिक निर्धारण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन