पुस १८, काठमाडौँ | सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका ६ दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको प्रहरीले जनाएको हो।

तीनै जनाको घट्नास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवामा राखिएको छ। सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा १९प ७१९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

Related News