पुस २८, काठमाडौँ | मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। आज बिहान उर्लाबारी नगरपालिका– ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ( ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षीय बानियाँको मृत्यु भएको हो।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ