पुस २९, काठमाडौँ | एक चिकित्सक बुधबार बिहान मृत भेटिएका छन् । २६ वर्षीय दन्त चिकित्सक शशांक पाण्डे नुवाकोटस्थित ढुंगेमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनको शव सडकमा भेटिएको पुष्टि गरेको छ । मृतुको कारण खुलेको छैन ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक पाण्डे नुवाकोटका स्थानीय हुन् । उनी सदरमुकमामको सञ्जीवनी पोलीक्लिनिक एण्ड हस्पिटलमा कार्यरत थिए ।