सुरक्षा विना समृद्धि असम्भवः ५ नम्वर प्रदेश प्रहरी प्रमुख

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

प्रेम सुनार/जेठ–२३ गुल्मी। ५ नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले शान्ति सुरक्षा विना समृद्धि मुलक असम्भव हुने बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीको निरिक्षण  र यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न आाई पुगेका डिआईजी बस्नेतले आफुलाई ५ नम्वर प्रदेशमा दिईएको शान्ति सुरक्षाको जिम्मेवारी पुर्णरुपमा निभाउने प्रतिवद्धता जनाए ।

संयोगवस आफ्नै जन्म घर छत्रकोट गाउँपालिकाले आयोजना गरेको सरसफाई महाअभियानको उद्घाटन सत्रमा वाटोमा आउँदै गरेका डिआईजी बस्नेतलाई  रोकेर सो गाउँपालिकाले सम्मान गरेको थियो । छत्रकोटको विरवास घर भएका डिआईजी बस्नेतलाई गाउँपालिका प्रमुख मधुकृष्ण पन्त र उपप्रमुख नर्मदा भण्डारीले सरसफाई अभियानको टोपी पहिराउँदै र दोसाल्ला ओढाउँदै सम्मान गरेका थिए ।

हालै मात्र डिआईजीमा बढुवा भई प्रहरी संगठनको ५ नम्वर प्रदेश प्रमुखको कार्यभार सम्हाल्न आएका उनले आफ्नै गाउँपालिकाले सुरु गरेको सरसफाई अभियानमा संयोगवस सहभागी हुन पाएकोमा गौरव महशुस गरेको बताउँदै गाउँपालिकालाई धन्यवात दिएका थिए ।

उनले प्रहरी एक्लैको प्रयासले मात्र शान्ति सुरक्षा सम्भव नहुने भन्दै जनप्रतिनिधी र नागरिक समाज सहित सवै पक्षको सहकार्यमा ५ नम्वर प्रदेश भित्र शान्ति  सुरक्षा चुस्त राखिने बताए । उनी संगै लुम्विनी अञ्चलन प्रहरी प्रमुख एसएसपी राजेन्द्रप्रसाद ढकाल पनि निरीक्षणमा आएका छन् । आज घरमा भेटघाटमा ब्यस्त उनिहरुले भोली विहान देखि जिल्लाको शान्ति सुरक्षाको अवस्था वुझ्ने जनाईएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply