दुर्घटना गराई फरार रहेका चालक नियन्त्रणमा

साझासवाल
1 Min Read

माघ ५, काठमाडौँ | काठमाडौँको कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ ।

प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए । उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

मोटरसाइकलको पछाडि बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले कीर्तिपुरको सुन्दरीघाटस्थित दोभानमा लुकाई–छिपाई राखेको अवस्थामा ना१क ४५०२ नंको टिप्परसहित त्यसका चालक सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीमाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply