2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको परिवर्तनको प्रमुखवाहक माओवादी केन्द्र भएपनि शक्ति परिचालन गर्न नसकेको प्रचण्डको दुखेसो

फागुन २५, काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आजको परिवर्तनको प्रमुखवाहक माओवादी केन्द्र भएपनि शक्ति परिचालन गर्न नसकेको दुखेसो गरेका छन्।

बुधबार दिउँसो बुद्धनगरमा नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय पुँजीको विकास गर्न र परिवर्तनको संवाहक बन्नका लागि संगठनमा आबद्ध हुन आग्रह गरेका हुन्। 

‘आजको परिवर्तनको प्रमुख वाहक भनेको पनि माओवादी केन्द्र नै हो।’उनले थपे,‘तर यसबीचमा जति समाजमा हामीले आक्रमक ढंगले स्थापित गर्नुपर्ने हो गर्न सकेको छैन। कहिले आफैंभित्रको अन्तरविरोधमा रुमल्लिएर, कहिले विभिन्न गुटबन्दीभित्र हराएर हामीभित्र भएको क्षमता र शक्ति परिचालन गर्न जति गर्नुपर्ने हो, त्यति सकेका छैनौं।’ उनले वैचारिक, राजनीतिक, सांगठनिक र आर्थिक रुपमा आक्रमक भएर प्रस्तुत हुन निर्देशन दिए।

पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताउँदै प्रचण्डले उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियरलगायत सबैको प्रतिनिधित्व गराउने उल्लेख गरे। पार्टीमा उद्योग व्यवसायीहरु भएमात्र पार्टीको आर्थिक नीति, कार्यक्रम बनाउन सहज हुने भएकाले केन्द्रीय कमिटीमा समावेश गर्ने प्रचण्डले प्रतिबद्धता जनाए। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताए। उनले परिवर्तनका एजेण्डा, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो संगठन आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक