<p>चैत १५, पाल्पा । पाल्पामा तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।<br></p><p>पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् ।</p><p>पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।</p>
तीन वर्षीया बालिका करणी आरोपमा २५ वर्षीय युवक पक्राउ
Leave a Comment

