2026-10-11 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आरआरआर’ले विश्वभर नै गर्‍यो उत्कृष्ट व्यापार

चैत १५, काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ले  बक्स  अफिसमा  विश्वभर  निकै राम्रो व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको  चलचित्रले  पहिलो  दिनमै  दुई  सय  करोड भारुभन्दा बढी व्यापार गरेको थियो । जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो ।

‘आरआरआर’  निर्माताले  सार्वजनिक  गरेको तथ्याङ्कअनुसार   भारतबाट   १५६   करोड   र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।

यसैगरी    निर्माताले    सार्वजनिक    गरेको तथ्याङ्कअनुसार आन् । प्रदेशमा ७५ करोड, निजाममा २७  करोड  ५०  लाख,  कर्नाटकमा  १४  करोड  ५० लाख,  तमिलनाडु  १०  करोड,  केरलामा  चार  करोड, नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशमा २५ करोडको व्यापार गरेको हो ।

एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५   करोड   कमाएको   कीर्तिमानलाई   यसले  भङ्ग  गरेको  समाचार  एजेन्सीले  जनाइएको  छ ।

 ‘बाहुबली  २’  ले  पहिलो  दिन  २१७  करोड कमाएको  थियो ।  ‘आरआरआर’  ले  ‘बाहुबली  २’ को कीर्तिमान पनि तोडेको छ ।

नेपालमा पनि चलचित्रले पहिलो दिन एक करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ ।

चलचित्रले   सन्   १९२०   को   पृष्ठभूमिमा ब्रिटिस  साम्राज्यविरुद्ध  लड्ने  क्रान्तिकारीको  कथा प्रस्तुत  गरेको  छ ।  

ब्रिटिसले  एउटा  गाउँ  कब्जा गरेपछि  गाउँले  विद्रोही  र  ब्रिटिस  राजमा  सिपाही कसरी  एकअर्काको  साथी  बन्छन्  र  ब्रिटिसविरुद्ध लड्छन् भन्ने चलचित्रलाई मुख्य कथा हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध