एकाबिहानै संसद भवन नजिकै सिलण्डिर ‘बम’ विष्फोट कसले गरायो ?

साझासवाल
1 Min Read

वैशाख ३०, काठमाडौँ  | स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ ।

शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ ।

हाल ती व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि परिचालित भएको छ । यद्यपि, हालसम्म उनी पक्राउ परेका छैनन् ।

निर्वाचनको विरोधमा रहेको कुनै समूहले आफ्नो उपस्थिति देखाउन विष्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । घटनामा कुनै क्षति भएको छैन ।

घटनास्थलबाट ‘नेकपा सिवादी’को एउटा पर्चा पनि प्रहरीले बरामद गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply