जेठ १५, धनगढी | कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्नेक्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।

धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Related News