असार ३, ताप्लेजुङ | ताप्लेजुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

सिरीजंघा गाउँपालिकामा-७ ट्याम्फुमा गएराति पहिराेले पुर्दा स्थानीय उद्याेग अधिकारीकी श्रीमती तुलसा अधिकारी र बुहारी यशाेदा अधिकारीकाे मृत्यु भएकाे हाे।

विराटनगरस्थित- १ नम्बर प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले पहिराेले अधिकारीकाे ३ तले घर र गाेठ पुरिएकाे बताए।

पहिराेमा परी छाेरा विष्णु अधिकारी घाइते भएका छन्। घटनास्थलमा तत्काल प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटी उद्धार गरेको थियो।

हाल घाइतेलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकाेप्टरद्वारा विराटनगरस्थित कोशी अस्पतालमा ल्याइएको छ।

Related News