२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान बस्दै आएकी महिलाको नक्कली मृत्युदर्ता र श्रीमान खडा गरी ११ आना जग्गा बिक्री

२०७९, ५ असार आईतवार ११:५६

असार ५, काठमाडौं | जापानमा बस्दै आएका व्यत्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर ११ आना २ पैसा बिक्री गरेको खुलेको छ। २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली मृत्युदर्ता बनाएर बिक्री गरेको पाइएको हो। 

उक्त घटनामा संलग्न पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ। 


सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार शान्तिदेवीको मृत्युदर्ताको प्रमाणपत्र मात्रै नभइ नक्कली श्रीमानसमेत खडा गरेर जग्गा बिक्री गरेको पाइएको छ। 

जग्गाधनि शान्तिदेवी नेपाल आएका बेला गत जेठ १३ गते मालपोत कार्यालयमा बायोमेट्रिक गर्न गएकी थिइन्। सक्कली लालपूर्जा बोकेर गएकी लोहनीले मालपात पुगेपछि मात्रै आफ्नो जग्गा बिक्री भइसकेको जानकारी पाइन्। यसरी आफ्नो नक्कली मृत्युदर्ताको प्रमाणपत्र र नक्कली श्रीमान खडा गरी जग्गा बिक्री गरेको पाइएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन्। 

उक्त प्रकरणमा संलग्न भएको आरोपमा सीआइबीले दार्चुलाको मलिकार्जुन गाउँपालिका–७ घर भई हाल काठमाडौंको टोखा–८ बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भइ हाल ललितपुरको सुनाकोटी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका १ घर भइ हाल बुढानिलकण्ड–२ बस्ने बाबुराम काकी सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका १ घर भइ हाल बुढानिलकण्ड–२ बस्ने ४० वर्षी बाबुराम काकी, नुवाकोटको तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं–१६ बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं–१६ की ५६ वर्षीय ममता भनिने डासीमाया श्रेष्ठ रहेकी छिन्।

पक्राउ परेकामध्ये गणेशबहादुर खनालले शान्तदेवीका नक्कली श्रीमान तारानिधि लोहनीको भूमिका निभाएका थिए। लोहनी विगत २४ वर्षदेखि जापानमा बस्दै आएकी छिन्। नेपाल आएका बेला उनले उक्त जग्गा २०६१ साल माघ १३ गते खरिद गरेकी थिइन्। 

बायोमेट्रिक गर्नेक्रममा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई २०७७ पुस १५ गते उनका श्रीमान तारानिधि लोहनीको नाममा गएको र त्यसपछि पनि तारानिधि लोहनीको नामबाट सोही वर्षको फागुन १० गते सुनिता कर्माचारीको नाममा गएको मालपोत कार्यालयले जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर