मोहम्मद ईजहार शेष/भदौ २०, नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमलाई नवलपरासीवाट ठुलो झट्का लागेको छ । 

पार्टिका केन्द्रिय सदस्य उमेश यादवले पार्टी पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/भदौ २०, नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमलाई नवलपरासीवाट ठुलो झट्का लागेको छ । 

पार्टिका केन्द्रिय सदस्य उमेश यादवले पार्टी पर"/>

2026-09-19 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम नवलपरासीलाई ठुलो झटका, केन्द्रिय नेताद्धारा राजिनामा


मोहम्मद ईजहार शेष/भदौ २०, नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमलाई नवलपरासीवाट ठुलो झट्का लागेको छ । 

पार्टिका केन्द्रिय सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेसँगै फोरम भित्र जिल्लामा खैलाबैला मचेको छ ।  प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकै मुखमा तमाम कार्यकर्ता सहित पार्टि परित्याग गरेको यादवले एक बिज्ञप्ती मार्फत जानकारी गराएका छन्  । 

प्रतापपुर गाउँपालिका ७ बस्ने यादव पार्टीको कार्यशैली प्रति असन्तुष्ट रहेको र यो बिषयमा केन्द्रिय समितिलाई समेत जानकारी गराउदा नेतृत्व तहपनि केही सुनवाई नगरिएकोले पार्टी परित्याग गर्नुपरेको बताउनु भएको छ  । नेता यादवले जारी गरेको बिज्ञप्तीमा  पार्टीको जिल्ला तहको कार्यशैलीप्रति चरम असन्तुष्टि देखिएको छ ।

स्रोतका अनुसार नेता यादव नेपाली कांग्रेसमा प्रवेश गर्ने बताईएको छ । 

यद्यपी उँहाले भने यो बिषयमा अझै केही बोल्नु भएको छैन । यता चुनावको मुखमै पार्टी परित्याग गरि टिकटका लागि कांग्रेसमा प्रवेश गर्ने भन्ने उँहाको समेत भएको छ । नेता यादव कांग्रेसमा प्रवेश गरे प्रतापपुर र सुस्ताका प्रदेश सभा निर्वाचन क्षेत्रमा बिधायकका लागि टिकटमा दावी गर्ने बुझिएको छ । तर विधायकका लागि सो क्षेत्रमा कांग्रसमा आकान्छी धेरै भएकाले यादव बिधायकको टिकट पाए पुनः कांग्रेसमा समेत खैलाबैला मच्ने सार्वसाधरणले आंकलन गरेका छन् ।  

यता नेपाल लोकतान्त्रिक फोरमको आजै बसेको जिल्ला कार्य समितिको बैठकले नेता यादवलाई साधरण सदस्य समेत नरह्ने गरि पार्टीवाट निष्कासन गरेको एक बिज्ञप्ती मार्फत जनाएको छ । 

पार्टीका जिल्ला अध्यक्ष सुबासचन्द्र गिरीद्धारा जारी बिज्ञप्तीमा नेता यादव सहित जिल्ला सदस्य बिस्मील्लाह अन्सारीलाई पार्टीबाट निष्कासन गरेको जनाईएको छ । नेता यादव र अन्सारी पार्टीको नीति र सिद्धान्त बिपरित काम गरेकाले निष्कासन गरिएको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा