<p><b>असार १७, काठमाडौँ | </b>काठमाडौंको केशरमहलमा शव फेला परेको छ । अन्दाजी २० वर्ष उमेरका युवक सुतिरहेको अवस्थामा बितेका हुन् ।<br></p><p>केशर पुस्तकालय भवन मर्मतमा संलग्न एक जना मजदुरको सुतेकै ठाउँमा निधन भएको बताइएको छ । रौतहटको माधवनारायण १ घर भएका अजय साह आज बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।</p><p>बिहान साढे ५ बजे मृत भेटिएपछि शवलाई उपत्यका प्रहरी वृत्त दरबारमार्गको टोलीले पोस्टमार्टमको निम्ति भर्खरै त्रिवि शिक्षण अस्पताल पुर्याएको छ ।</p>
Related News


