भदौ १०, जुम्ला | जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाको वाडा नम्वर १ का नवनिर्वाचित वडा अध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन ।

भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौरगाउमा रहेको मतदाताको घरअंगानमा पुगेको बताए ।

एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई भत्ता बुझ्ने ठाउँसम्म पुग्न कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर वितरण गरेको उनले बताए ।

‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो,' अध्यक्ष भण्डारीले भने ।

Related News