२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज गणेश चौथी पर्व मनाईंदै : गणेश मन्दिरहरुमा भक्तजनहरुको भीड

२०७९, १५ भाद्र बुधबार ०६:०१

भदौ १५, काठमाडौँ | भगवान् गणेशको विशेष पूजा–आराधनासहित आज गणेश चौथी पर्व मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रूपमा मनाउने गर्छन् । यसदिन देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ ।


आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ ।

गणेशलाई लड्डु (मोदक) चढाए आफ्नो मनोकामना पूरा हुने विश्वासानुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन् । कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ ।

गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदै छन् । आज बेलुका चन्द्रमाको पूजा गरेर यो पर्व मनाइने गरिन्छ । यस दिन चन्द्रमालाई चोर देवताका रूपमा पूजा गरिन्छ । कमलको फूल, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो