गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन । 

अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन । 

अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३"/>

2026-06-19 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

ब्लड नभएको ब्लड वैंक

2016-08-18

गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन । 

अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३ जनाले दाङमा रक्तदान गरेका छन । रुकुममा रक्तदान गर्ने व्यवस्था नहुँदा जिल्ला बाहिर रक्तदान गराइएको हो । 

नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले जिल्ला अस्पतालमा स्थापना गरेको रक्त सञ्चार केन्द्रमा खोजेको बेला रगत नपाइँदा विरामीले थप समस्या झेल्दै आएका छन् । रक्त सञ्चार केन्द्र स्थापना भएपछि सजिलो हुने आशमा बसेकाहरु ब्लड वैङ्क स्थापना भएको ३ महिना वितिसक्दा समेत नियमित नहुँदा समस्यामा छन् । 

रक्त सञ्चार केन्द्र आवश्यक पर्दा मात्रै खोल्ने गरिएको एक कर्मचारीले जानकारी दिनुभयो । 

गत जेठ १९ गते विश्व रक्तदाता दिवश अवसर पारी रक्त सञ्चार केन्द्र स्थापना गरिएको थियो । केन्द्र स्थापना गरिएको लामो समयसम्म पनि त्यसको लागि आवश्यक सामग्री प्रयोगमा नआउँदा समस्या भैरहेको जिल्ला असपताल प्रमुख डाक्टर क्षितिज सापकोटाले जानकारी दिनुभयो । आवश्यक सामग्री प्रयोग नहुँदा रगत संकलन गर्ने सक्ने अवस्था अहिले नरहेको डाक्टर सापकोटाले बताउनुभयो । 

रक्त सञ्चार केन्द्र हुनु र नहुनुमा केही फरक छैन । रगत चाहिएको बेला दौडेर सेना, प्रहरीलाई वा रेडक्रसलाई रगत दान गर्ने मान्छे खोजिदिन आग्रह गर्नुपर्ने पूरानै अवस्था कायमै छ ।

यता रेडक्रस सोसाइटी रुकुम शाखाले भने रक्त सञ्चार केन्द्रमा रगत संकलन हुने गरेको दावी गरेको छ । रेडक्रस रुकुमका शाखा सभापति शिवराम खत्रीले रक्त सञ्चार केन्द्रमा एक÷दुई पोका रगत भैराख्ने गरेको जानकारी दिनुभयो । केन्द्र नियमित रुपमा सूचारु रहेको भन्दै सभापति खत्रीले रगत पनि स्टोर भैरहेको दावी गर्नुभयो । 

रक्त सञ्चार केन्द्र स्थापनाको लागि जिल्ला अस्पतालले छुट्याएको रकम भुक्तानि नहुँदा ५० हजार रुपैयाँ फ्रिज भएको जिल्ला अस्पतालले बताएको छ । रक्त सञ्चार केन्द्र स्थापना गर्न आर्थिक वर्ष २०७२÷०७३ मा छुट्याइएको ५० हजार रुपैयाँ रेडक्रसले भुक्तानि नलिँदा फ्रिज भएको अस्पताल प्रमुख डाक्टर सापकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ