Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तनहुँमा महिला प्रहरी सेवाकेन्द्र भवन निर्माण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँको हाताभित्र रु एक करोड ५५ लाखको लागतमा महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ ।

अपाङ्ग मैत्री ¥याम्प सहितको सुविधा सम्पन्न भवन एशियाली विकास बैंक (एडिबी) को सहयोगमा बनेको हो । तीनतले उक्त भवनभित्र एक दर्जनभन्दा बढी सुविधा सम्पन्न कोठा छन् ।

तनहुँको महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन रु एक करोड ५५ लाखमा सम्पन्न भएको खानी निर्माण सेवाका प्रोप्राइटर मोहम्मद नजरुनले बताउनुभयो ।

सो भवनमा महिला थुनुवालाई समेत राख्न सकिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक कृष्ण बस्याललाई उक्त भवनको चाबी हस्तान्तरण गरी सकिएको छ ।

महिला तथा बालबालिकासम्बन्धी परेका गुनासाको सुनुवाइ गरी त्यसको समाधान खोजिने तथा दर्ता भएका मुद्दाहरुको छिनोफानो गर्ने काम सो केन्द्रले गर्नेछ ।

केन्द्रकी प्रमुख एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले पीडित महिला तथा बालबालिकालाई न्याय दिने काम केन्द्रले गर्ने बताउनुभयो ।

बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री कक्ष, बैठक कक्ष, तालिम हल, इन्चार्ज कार्यकक्ष, महिला ब्यारेक सो केन्द्रमा रहनेछन् । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले महिलासम्बन्धी मुद्दाहरु केन्द्रबाट छिनोफानो हुने बताउनुभयो । पीडित महिला र बालबालिकाको गुनासा सुन्ने र त्यसको समाधानमा केन्द्रले काम गर्ने उहाँले बताउनुभयो । रासस