<p><b>भदौ १७, काठमाडौँ | </b>लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा पहिरो खसेको हो।<br></p><p>वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ। </p><p>सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो। </p>
