२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्सालको क्राउन प्लाजा होटलमा शंकास्पद घटना: जलेर युवतीको मृत्यु, २ जना पक्राउ

२०७९, २६ आश्विन बुधबार ०९:३४

असोज २६, काठमाडौं । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शरीरमा आगो लागेर मृत्यु भएको खुलेको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई  प्रक्राउ गरिएको हो। उनीहरुलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको छ। मैनाली भन्छन्, 'घटना शंकास्पद देखिन्छ। सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन। अस्पतालबाट खवर आएपछि हामीले घटनाको बारेमा थाहा पाएका थियौं।'

युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा प्रेटोल छर्किएर आगलागी भएको खुलेको छ। 

चावहिल बस्दै आएकी खनाल सोमबार दिउस २ बजेतिर केशव रिजालसँग होटलमा पुगेकी थिइन्। होटलको कोठामा पुगेको आघा घण्टामा नै केही पड्किएको जस्तो आवाज आएको र होटल कर्मचारीले गएर हेर्दा खनालको शरीर जलिरहेको थियो। होटल क्राउन प्लाजाको कर्मचारी दिपक थापाका अनुसार  युवायुवती होटल रुममा पुगेको केही समयमा नै घटना घटेको हो। 

उनले भने, 'भित्र के भयो हामीलाई थाहा भएन। आगो लागेपछि युवती आफैं हिंडेर तल आएकी र ट्याक्सीमा चढेर युवकसँगै गएको हामीले देखेका हौं। युवतीको शरीरमा आगो लागेको भएर के भयो भन्ने सोधखोज गर्न पाएनौं।' उक्त समयमा होटलको डिउटीमा पदम श्रेष्ठ भएको बताउँदै थापाले कर्मचारी  श्रेष्ठ पनि प्रहरी हिरासतमा भएकाले घटनाको बारेमा धेरै जानकारी नभएको बताए। 

प्रहरीका अनुसार रिजाल र खनाल प्रेमी प्रेमिका भएको र आपसी असमझदारी भएर आवेसमा प्रेटोल छर्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीली जानकारी दिए । युवतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो