कात्तिक ३, धादिङ | धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अर्का घाइते भएका छन्।

प्रहरीका अनुसार धादिङको धुनिवेशी नगरपालिका–४ जीवनपुरस्थित सडकमा प्रदेश नम्बर–३–०१–००६ ख १५८१ नम्बरको आइचर बुधबार राति ट्रक आफैं अनियन्त्रीत भई सडकबाट करिब ३० मिटर तल खसेको हो।

दुर्घटनामा ट्रकमा सवार धादिङ जिल्ला धुनिवेशी नगरपालिका–४ जीवनपुर घर भएका ५० वर्षका रामचन्द्र पुडासैनीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौंतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य १ जनाको राष्ट्रिय ट्रमा सेन्टर (काठमाडौं) मा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।