2026-08-25 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै !

पुस २, काठमाडौँ | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन्।

सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ भने आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ। सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ भने लिगमा अपराजित रहेको आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

यस्तै, दोस्रो खेलमा संकटा क्लबले साविक विजेता मछिन्द्र क्लबसँग दिउँसो पौने ५ बजे प्रतिस्पर्धा गर्दैछ। यी दुवै टिम पनि तीन अंक जोड्ने योजनामा हुने छन्। ४ खेलबाट संकटा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने लिगमा अपराजित रहेको मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग