<p><b>कात्तिक ३, काठमाडौँ |</b> धनुषामा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।<br></p><p>३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।</p><p>मुखियाले झारफुक गर्ने क्रममा ती महिलाकै घरमा बलात्कार गरेकोे उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । </p>
October 20, 2022
धनुषा - DNS, राजनीति
झारफुकको बहानामा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय व्यक्ति पक्राउ
By साझासवाल
1 मिनेट पढाइ










