2026-09-28 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियाको सबैभन्दा ठूलो मस्जिदमा भीषण आगलागी

कात्तिक ३, काठमाडौँ | बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।

जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको छ । सामाजिक सञ्जालमा शेयर भइरहेको घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिएको छ । आगो निभाउन १० वटा दमकल घटनास्थल पुगेका थिए ।

इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा पनि यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो । त्यसबेला आगो निभाउन पाँच घन्टा लागेको थियो । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह