2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँचितुवाको तस्बिर फेक पुष्टि,फोटोग्राफर कित्तियाले बन्द गरिन् सामाजिक सञ्जाल

मंसिर ९, काठमाडौं | अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमालका आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका केही अभूतपूर्व तस्बीरहरू सम्पादित वा फेक भएको कुरा बाहिरिएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब भएकी छन् । इन्स्टाग्राम र फेसबुकमा उनका खाता बन्द भइसकेका छन् । उनको वेबसाइट भने उपलब्ध छ जहाँ उनले हिउँ चितुवाका तस्बीर खिच्दाको क्षण र यात्रा वर्णन गर्दै लेखेको ‘घोस्ट अफ द हिमालयज’ शीर्षकको अझै पनि छँदै छ।


कित्तियाले खिचेको भनिएका तस्बीरहरू केही दिनअघि मात्रै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा भाइरल भएका थिए । सबैको वाहवाही पाएका ती तस्बीरहरू सम्पादित तस्बीरहरूको मोन्टाज भएको एक तथ्य जाँच संस्थाको विस्तृत रिपोर्टले सार्वजनिक गरेको छ । फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले सार्वजनिक गरेको रिपोर्ट अनुसार तस्बीरहरू अविश्वसनीय रूपमा सम्पादित, हेरफेर गरिएको र नमिलेको पाइएको छ । तथ्य जाँचका क्रममा लेखकहरूले हिउँ चितुवा विज्ञसँग कुराकानी गर्दा हिउँ चितुवा हिमनदीमा त्यसरी नबस्ने पनि खुलाशा भएको छ । उनीहरूले प्रष्ट लेखेका छन्, कित्तियाले विश्वलाई आश्चर्यचकित पार्ने गरी सार्वजनिक गरेको उक्त तस्वीरहरूमध्ये कम्तीमा तीनवटा फेक वा सम्पादित फोटोमोन्टाज हुन् ।

तथ्य जाँच गर्नेहरूमध्ये एक, फोटोग्राफर भिन्सेन्ट मुनियरले तस्बीरहरू फोटोसपजस्ता सफ्टवेयरहरूको प्रयोग गरेर बनाइएको सिर्जनात्मक प्रस्तुति भएको बताएका छन् । ‘मलाई यस्तो किसिमको सिर्जनासँग कुनै आपत्ती छैन,’ उनले भनेका छन्, ‘तर सत्यतथ्य लेखिनुपर्यो । कित्तियाले ती सिर्जनाहरूलाई आफैंले खिचेको वास्तविक तस्बीर भन्दै दाबी गर्नु गलत हो ।’ कित्तियाले चाहिँ आफूले तस्बीर सम्पादन गर्ने गरेको भए पनि हिउँ चितुवाका तस्बीर भने सम्पादन नगरिएको भन्दै शनिबार बिहान फेसबुक र इन्स्टाग्रामका पूराना पोस्ट सम्पादन गरेकी थिइन् । त्यसको केही बेरपछि उनका सामाजिक सञ्जाल खाता ‘अनअभाइलेबल’ देखिएका छन् ।

तथ्य जाँचमा संलघ्नहरूले तस्बीरहरूको प्रकृती, संयोजन, प्रकाश, स्थान र मुख्यतस् तस्बीरको सत्यतामा नै गम्भिर समस्या रहेको औंल्याएका छन् । अमेरिकी फोटोग्राफर भनिएकी कित्तियाकै बारेमा फोटोग्राफी अथवा हिमाली र वन्यजन्तु फोटोग्राफी क्षेत्रका कसैले पनि अहिलेसम्म नसुनेको उल्लेख गरिएको छ । आफ्नो करियर नै वन्यजन्तुरहिमाली फोटोग्राफी र हिउँ चितुवाको खोजीमा बिताएका वरिष्ठ फोटोग्राफरहरूले यी तस्बीरहरू प्राविधिक र प्राकृतिक रूपमै असत्य रहेको आधारहरू पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक